Shittalpati
पाल्पा कोरोना अपडेट: विहीबार ८९ संक्रमित कोरोनामुक्त

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३८ जना महिला र ५१ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५, रामपुर नगरपालिकाका ८, रैनादेवी छहरा गाउँपालिका २, रम्भा गाउँपालिकाका २६, तिनाउ गाउँपालिका ७, रिब्दीकोट गाउँपालिकाका १ र निस्दी गाउँपालिकाका ४० जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ४ सय १६ पुगेको छ ।

४२ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १५ र एन्टिजेन परीक्षणमा २७ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ४२ जनाको परीक्षण गरिएकोमा तानसेनका १०,रामपुरका ३, निस्दीका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ४६ पुगेको छ । जसमा १ हजार ९ सय १८ महिला र ३ हजार ३ सय २८ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको छ । ९८ जनामा परीक्षण गरिएकोमा रामपुरका ११, बगनासकालीका ९, तिनाउ, निस्दी, रैनादेवी छहराका १/ १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ४८ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ७२ छ । अहिलेसम्म जिल्लामा ३ सय ३२ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update