पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १८ जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ११, माथागढी गाउँपालिकाका ३, रामपुर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रैनादेवी छहरा गाउँपालिका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ४ सय ४३ पुगेको छ ।
२७ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा २२ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा तानसेनका ४ र माथागढीका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ५१ पुगेको छ । जसमा १ हजार ९ सय १९ महिला र ३ हजार ३ सय ३२ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । ६९ जनामा परीक्षण गरिएकोमा माथागढीका १, रामपुरका ९, बगनासकाली, रिब्दीकोट, र तानसेनका ४/४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ६ सय ७०
पुगेको छ । यहाँ अहिलेसम्म १ सय ६ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ७२ छ । अहिलेसम्म जिल्लामा ३ सय २५ जना होम आइसोलेसनमा रहेका छन् भने ४७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।