Shittalpati
बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक स्वीकृत

काठमाडौं, प्रतिनिधिसभाको बैठकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक’लाई स्वीकृत गरेको छ । सदनको मंगलबार बसेको बैठकमा गणपूरक संख्या नपुगी निर्णयार्थ प्रस्तुत हुन नसकेको सो प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।

अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीका तर्फबाट समितिका सदस्य जीवनराम श्रेष्ठले ‘राष्ट्रिय खेलकूद विकास विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदन समक्ष पेश गरे । –रासस

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update