पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २५ जना महिला र ३१ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ५,रामपुर नगरपालिकाका १२, पूर्वखोला गाउँपालिका १, बगनासकाली गाउँपालिका ९, तिनाउ गाउँपालिका २८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय ८ पुगेको छ ।
१२ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा १ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २९ जनाको परीक्षण गरिएकोमा तानसेनका ६, रैनादेवी छहराका ३, तिनाउ र रिब्दीकोटका १÷१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ६८ पुगेको छ । जसमा १ हजार ९ सय २७ महिला र ३ हजार ३ सय ४१ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको छ । ४ जनामा परीक्षण गरिएकोमा रामपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ७ सय ६३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ७ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय १६ छ । अहिलेसम्म जिल्लामा ३ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।