गुल्मी, जिल्लामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बोधिसत्वा बिहार बुढानिल्कण्ठ काठमाडौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो । जिल्लाको इस्मा गाउँपालिका –१ को स्वास्थ्य चौकी, रेसुङ्गा नगरका वडानम्बर–११ र १२ का स्वास्थ्य चौकी र गुल्मीदरबार –६ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तातरण गरिएको प्रतिष्ठानले जनाएको छ । त्यस्तै स्वास्थ्य संस्था बाहेक शसस्त्र प्रहरी वल गुल्म गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र देउराली चेक पोष्टलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
स्वास्थ्य सामग्री एक कार्यक्रमका बिच समाजसेवी मानबहादुर श्रेष्ठलाई हस्तातरण गरिएको हो । २० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ सेट, थर्मल गन, लगायतका २१ प्रकारका स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रदान गरिएको पन्थले बताए । विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट जिल्लामा दोस्रो चरणमा १० लाख बराबरको स्वास्थ्य सामग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । सामग्री हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका –१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीले स्वास्थ्य सामग्रीले कोरोना विरुद्ध लड्न ठूलो सहयोग पुग्ने बताए । सोहि संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रृङ्गा, शान्तिपु्र र दुविचौर स्वास्थ्य चौकीलाई ३५ लाखका स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।