पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा ४२ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ८६ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ४, माथागढी गाउँपालिका, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७९ पुगेको छ । जसमा १ हजार ९ सय ३६ महिला र ३ हजार ३ सय ४३ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ३८ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, रामपुर नगरपालिकाका २१, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ११ र तानसेन नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ८ सय ५ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १० जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ३, रामपुरका १६,पूर्वखोला र रैनादेवी छहराका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय २९ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ७ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ४८ छ । अहिलेसम्म जिल्लामा ४ सय ९ जना होम आइसोलेसनमा रहेका छन्, भने ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।