पाल्पा, जिल्लामा मत्थर बन्दै गएको कोरोना संक्रमणको दर फेरी बढ्न थालेको छ । पछिल्ला दिनमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा कोरोनाको संक्रमण बढेको हो । जिल्लामा बुधबार मात्र ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४७ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा १२ र एन्टिजेन परीक्षणमा ३५ जना संक्रमित थपिएका हुन् । ५० जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ८, रामपुर नगरपालिकाका २, बगनासकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ११ पुगेको छ । जसमा १ हजार ९ सय ५१ महिला र ३ हजार ३ सय ६० जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । ७४ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका , रिब्दीकोट गाउँपालिकाका १/१, रामपुर नगरपालिकाका १०, बगनासकाली गाउँपालिकाका ५, तानसेन नगरपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ८ सय ६९ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा १९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १० जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथा
गढी, बगनासकालीका २/२, पूर्वखोलाका १, रैनादेवी छहराका ६, रिब्दीकोटका ३ र तानसेनका ५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय ७५ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय ८ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९७ छ । अहिलेसम्म जिल्लामा ४ सय ५७ जना होम आइसोलेसनमा रहेका छन्, भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।