पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा ९ र एन्टिजेन परीक्षणमा ३५ जना संक्रमित थपिएका हुन् । २९ जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ३, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, बगनासकाली गाउँपालिका तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १÷१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ । जसमा १ हजार ९ सय ५४ महिला र ३ हजार ३ सय ६६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ८ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १९, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ७ र तानसेन नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ४ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३ जना महिला र ३ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार बगनासकाली, रिब्दीकोटका १/१ र तानसेनका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ५ सय ८१ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ३२ छ । अहिलेसम्म जिल्लामा ४ सय ९४ जना होम आइसोलेसनमा रहेका छन्, भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।