पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा २० र एन्टिजेन परीक्षणमा २९ जना संक्रमित थपिएका हुन् । ४० जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ९, रामपुर नगरपालिका ६, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिकाका १/१ तिनाउ गाउँपालिका ३, जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४० पुगेको छ । जसमा १ हजार ९ सय ६२ महिला र ३ हजार ३ सय ७८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ५ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १९, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका, तानसेन नगरपालिकाका १÷१, बगनासकाली गाउँपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ३३ पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १७ जना महिला र १८ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढी, पूर्वखोलाका २÷२, रामपुरका ९, बगनासकाली ५, रिब्दीकोटका ४, निस्दीका १ र तानसेनका १२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय १६ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ४६ छ । अहिलेसम्म जिल्लामा ५ सय जना होम आइसोलेसनमा रहेका छन्, भने ४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।