पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३४ जना महिला र ३१ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १६, रामपुर नगरपालिकाका ५, पूर्वखोला गाउँपालिका,रिब्दीकोट गाउँपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिका ८, बगनासकाली गाउँपालिकाका १ र निस्दी गाउँपालिकाका २९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ६ सय ८१ पुगेको छ ।
१४ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा ८ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा २५ जनाको परीक्षण गरिएकोमा माथागढीका २, रामपुर, रम्भा, रिब्दीकोट र तानसेनका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४६ पुगेको छ । जसमा १ हजार ९ सय ६५ महिला र ३ हजार ३ सय ८१ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ । १५ जनामा परीक्षण गरिएकोमा रामपुरका ५ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या १ हजार ९ सय ४१ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ११ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९५ पुगेको छ । जिल्लामा ४ सय ४१ जना होम आइसोलेसनमा रहेका छन् भने ५४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।