पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७० जनामा कोरोना संक्रमण देखिएको हो ।
पीसीआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा ४६ जना संक्रमित थपिएका हुन् । ५३ जनाको पीसीआर परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका ११, रामपुर नगरपालिकाका ६, रैनादेवी छहरा गाउँपालिका, र बगनासकाली गाउँपालिका। रिब्दीकोट गाउँपालिकाका एक/एक, तिनाउका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ४ सय १५ पुगेको छ । जसमा १ हजार ९ सय ९९ महिला र ३ हजार ४ सय १६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ३३ जनामा परीक्षण गरिएकोमा रामपुरका ३०, रैनादेवी छहरा, तिनाउका एक/एक, बगनासकाली, रिब्दीकोटका २, निस्दी ३ र तानसेन ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ४० पुगेको छ ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १९ जना महिला र २० जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका २, रामपुरका १७, रैनादेवी छहराका १, बगनासकाली, रिब्दीकोटका ४/४ र तानसेनका ११ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ६ हजार ८ सय १४ पुगेको छ । जिल्लामा अहिलेसम्म १ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय २९ छ । अहिलेसम्म जिल्लामा ४ सय ७९ जना होम आइसोलेसनमा रहेका छन्, भने ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।