Shittalpati
पाल्पा कोरोना अपडेट: आइतबार ८२ जना संक्रमितले कोरोना जिते

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ८२ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८२ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३९ जना महिला र ४३ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २३, रामपुर नगरपालिकाका ३३, माथागढी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका ३/३, रम्भा गाउँपालिका,निस्दी गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ११ र तिनाउका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार २६ पुगेको छ ।

२३ जना नयाँ संक्रमित थपिए

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १० र एन्टिजेन परीक्षणमा १३ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ४१ जनाको परीक्षण गरिएकोमा माथागढी, रामपुर, रैनादेवी छहरा, निस्दीका १/१ जना, तिनाउका २ र तानसेनका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ७२ पुगेको छ । जसमा २ हजार २१ महिला र ३ हजार ४ सय ५१ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । ७१ जनामा परीक्षण गरिएकोमा रामपुरका १० र रम्भाका १ र बगनासकालीका २ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार १ सय ६३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९५ पुगेको छ । जिल्लामा ४ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update