Shittalpati
पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा १७ जना र एन्टिजेन परीक्षणमा ४२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ५७ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, निस्दी गाउँपालिकाका १/१ जना, रैनादेवी छहरा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ५ र तानसेन नगरपालिकाका ८ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ८९ पुगेको छ । जसमा २ हजार २९ महिला र ३ हजार ४ सय ६० जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ५१ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिकाका १/१, रामपुर नगरपालिका १९, रम्भा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ७ र तानसेन नगरपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार २ सय ५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५४ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २६ जना महिला र २८ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका २७, रामपुरका १५, माथागढी, रैनादेवी छहरा, रिब्दीकोटका १/१, पूर्वखोलाका २,बगनासकालीका ७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ८० पुगेको छ । यहाँ अहिलेसम्म १ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय पुगेको छ । जिल्लामा ४ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update