Shittalpati
पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २४ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका १, बगनासकाली गाउँपालिकाका ५ र तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ९९ पुगेको छ । जसमा २ हजार ३४ महिला र ३ हजार ४ सय ६५ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । ३५ जनामा परीक्षण गरिएकोमा पूर्वखोला गाउँपालिकाका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १÷१ र रामपुर नगरपालिका ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार २ सय १६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १४ जना महिला र १५ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ९, रामपुरका १३, पूर्वखोला, रैनादेवी छहरा,निस्दीका १÷१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार १ सय ९ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १४ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ९२ पुगेको छ । जिल्लामा ४ सय ६६ जना होम आइसोलेसनमा रहेका छन् भने २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update