Shittalpati
पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३१ जना महिला र २४ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका १०, रामपुर नगरपालिकाका २६, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१, रिब्दीकोट गाउँपालिका, रम्भा गाउँपालिकाका २÷२,बगनासकाली गाउँपालिकाका ९, तिनाउ गाउँपालिकाका ४ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार १ सय ६४ पुगेको छ ।

२९ जना नयाँ संक्रमित थपिए

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ११ र एन्टिजेन परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ३८ जनाको परीक्षण गरिएकोमा रामपुरका २, पूर्वखोला, रिब्दीकोटका १/१, रैनादेवी छहरा, बगनासकालीका ३, तानसेनका ४ जनामा संक्रमण देखिएको हो । जसमा ६ जना महिला र ५ जना पुरुषमा रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १० पुगेको छ । जसमा २ हजार ४० महिला र ३ हजार ४ सय ७० जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ । ८८ जनामा परीक्षण गरिएकोमा रामपुरका ७, पूर्वखोलाका १, बगनासकालीका ३, तानसेनका ७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार २ सय ३४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६५ पुगेको छ । जिल्लामा ४ सय ३५ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update