Shittalpati
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा ४ जना र एन्टिजेन परीक्षणमा ३४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा १२ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका र तानसेन नगरपालिकाका २/२ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय १४ पुगेको छ । जसमा २ हजार ४१ महिला र ३ हजार ४ सय ३ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको छ । १ सय २२ जनामा परीक्षण गरिएकोमा पूर्वखोला गाउँपालिकाका ३, रामपुर नगरपालिका ४, बगनासकाली गाउँपालिकाका २१ र तानसेन नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार २ सय ६८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९ जना महिला र ९ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका २, रामपुरका १२, तानसेन,रैनादेवी छहरा, रम्भा, तिनाउ र तानसेनका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार १ सय ८२ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १५ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ८५ पुगेको छ । जिल्लामा ४ सय ५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update