Shittalpati
पाल्पा कोरोना अपडेट : आइतबार ४८ जना संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ४८ जना संक्रमितले कोरोना जितेका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र १८ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २६, रामपुर नगरपालिकाका १०, रैनादेवी छहरा,निस्दीका १/१, बगनासकाली गाउँपालिकाका ७ र रिब्दीकोट गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार २ सय ९३ पुगेको छ ।

१२ जना नयाँ संक्रमित थपिए

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ५ र एन्टिजेन परीक्षणमा ७ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १३ जनाको परीक्षण गरिएकोमा रामपुर, बगनासकाली, तिनाउका १/१ , तानसेनका २ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना महिला र १ जना पुरुषमा रहेका छन् । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ३५ पुगेको छ । जसमा २ हजार ५५ महिला र ३ हजार ४ सय ८० जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको छ । १३ जनामा परीक्षण गरिएकोमा रामपुरका ६ र निस्दीका १ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ३ सय ३४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ६० पुगेको छ । जिल्लामा ४ सय २८ जना होम आइसोलेसनमा रहेका छन् भने ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update