Shittalpati
मुख्यमन्त्री शंकर पोखरेल अब पनि पदमा बस्न सुहाउँदैन : बराल

गुल्मी,लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका थापाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकाले अब पनि पदमा बसिरहन नसुहाउँने बताएका हुन् ।

‘लुम्बिनी प्रदेशमा अहिले कुल ८३ जना सांसद रहेका छन्’ पूर्व मन्त्री बरालले भने, ‘बहुमत पुग्नका लागि ४२ जना सांसद चाहिन्छ, जून मुख्यमन्त्री पोखरेलसँग नभएकाले उनले गएको बैशाख २९ गते नैतिकताको आधारमा पद छाड्नुपर्दथ्यो ।’ नैतिकताको आधारमा मुख्यमन्त्री पद नछाडेपछि कानुनी हिसाबले र राजनितिक हिसाबले प्रतिवाद गरेर अब छिट्टै पदबाट हटाउने पनि उनले बताएका छन् । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका नेता अशोक कुमार थापाको शोकका लागि गुल्मी आएको अवसरमा प्रेस संगठन गुल्मीले गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । बरालले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै थापाको घरपरिवारप्रति समवेदना प्रकट गरे । नेता बरालले केन्द्रिय राजनितिको विषयमा चर्चा गर्दै खास ब्याक्तिको खराब प्रवृत्तिका कारण वर्तमान राजनितिक घटनाक्रमले जीवन रुपान्तरण गलत तरिकाले हुने धारणा राखेका थिए ।

आफुसँग अल्पमत भएपछि विपक्ष बस्नुपर्ने र बहुमत भएपछि सत्तामा हुनुपर्ने भएपनि त्यसका लागि अदालत जानुपर्ने बाध्यताले खराब सन्देश दिने उनले स्पष्ट पारे । नेता बरालले प्रदेश मन्त्रीको हिसाबले प्रदेशभर र सांसद हुनुको हिसाबले आफु निर्वाचित क्षेत्रमा नागरिक सन्तुष्ट हुनेगरी काम गरेको बताए । उनले प्रदेशमा मन्त्री भएपछि गृहजिल्लामा गरेको मुख्य काम के भयो ? भन्ने पत्रकारको प्रश्नमा जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोबाट विस्थापित भएकाहरुलाई १८ करोड लागतमा स्थापित गरिदै, रिडीमा पर्यकटीय स्थल बन्नेगरी तटबन्ध गरिने, कालीगण्डकी करिडोर निर्माणलाई निरन्तरता दिने लगायतका योजनाहरु रहेको बताएका हुन् । प्रेस संगठन गुल्मीका इञ्चार्ज प्रेम सुनारको अध्यक्षता संगठनका सदस्य हुमाकान्त पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update