पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १ जना र एन्टिजेन परीक्षणमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पीसीआर परीक्षणमा एक जनाको परीक्षण गर्दा एक जनामै संक्रमण पुष्टि भएको हो भने, ९७ जनाको एनटिजीन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लाका संक्रमण हुनेको संख्या ५ हजार ५ सय ८० पुगेको छ ।
यस्तै मंगलबार थप ४३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४३ जना कोरोनामुक्त भएका हुन् । योसँगै कोरोना निको हुनेको संख्या जिल्लामा ७ हजार ३ सय ७७ पुगेको छ । जिल्लामा अहिलेसम्म ४ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । यहाँ कोरोनाका कारण १ सय १६ जनाको मृत्यु भइसकेको छ । अहिले जिल्लामा ३ सय ७३ जना होम आइसोलेशनमा रहेका छन् ।