पाल्पा । पाल्पा जिल्लाको पुरानो विद्यालय मोहन कन्या माध्यमिक विद्यालय तानसेनको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा झपेन्द्र गहिरे चयन भएका छन् । तानसेनमा बसेको विद्यालय व्यवस्थापन समितिको भेलाले गहिरेलाई अध्यक्षमा चयन गरेको हो ।
तानसेन ४ का कार्यवाहक वडा अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको भेलाले ९ सदस्यी विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । सदस्यहरुमा मुक्तिराम तिमिल्सीना, दिलमाया भाट, लक्ष्मी बज्राचार्य,सावित्र पोखरेल, उसा श्रेष्ठ,पदेना सदस्यमा तानसेन नगरपालिका ४ का वडा अध्यक्ष राजेन्द्रमुनी शाक्य, सदस्य सचिवमा प्रअ चोलप्रसाद ज्ञवाली रहेको विद्यालयले जनाएको छ । नवगठित समितिले शिक्षकहरुबाट शिक्षक प्रतिनिधि छिट्टै नै चयन गर्ने छ ।
नेपालमै नारी शिक्षामा अग्रणी भूमिका खेल्दै आएको मोहन कन्यले प्राविधिक र व्यवहारिक शिक्षालाई आत्मासाथ गर्दै अगाडि बढेको छ ।विद्यालयको शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्दै सीपयुक्त र दक्ष विद्यार्थी उत्पादनमा नयाँ योजनाका साथ अगाडि बढ्ने नवनिर्वाचित अध्यक्ष गहिरेले बताए । उनले भने‘कन्याहरु मात्रा अध्ययनरत रहेको जिल्लाकै पुरानो विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा विकास गर्ने गरी लाग्ने छु ।’ विद्यालयको शैक्षिक विकासमा सबै पक्षले ध्यान दिन अध्यक्ष गहिरेले आग्रह गरे । उनले जिल्ल्लाको राजनितिक, सामाजिक र पत्रकारिता क्षेत्रको विकासमा नेतृत्वदायिक भूमिका खेल्दै आएका छन् । गहिरे नेपाली काँग्रेस पाल्पाका सचिव, पाल्पा टाइम्स साप्ताहिकका सम्पादक समेत हुन । उनको नेतृत्वमा विद्यालयको शैक्षिक विकासले थप गति लिनेमा जिल्लाका सरोकारवालाहरुले अपेक्षा गरेका छन् । विद्यालयमा कक्षा १ देखि १२ कक्षा सम्म पठनपाठन हुँदै आएको छ ।