Shittalpati
पाल्पा कोरोना अपडेट : बुधबार १ सय २१ जनाले कोरोना जिते, ६१ जनामा संक्रमण पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय २१ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६३ जना महिला र ५८ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २०, माथागढी गाउँपालिकाका १७, रामपुर नगरपालिकाका ११, रैनादेवी छहरा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१, रम्भा गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिकाका ६०, बगनासकाली गाउँपालिकाका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ४ सय ९८ पुगेको छ ।

६१ जना नयाँ संक्रमित थपिए

यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ४४ र एन्टिजेन परीक्षणमा १७ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ९७ जनाको परीक्षण गरिएकोमा रामपुरका ८, पूर्वखोलाका, तिनाउका १/१, रैनादेवी छहराका २, बगनासकालीका १२ र तानसेनका २० जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९२ पुगेको छ । जसमा २ हजार ८६ महिला र ३ हजार ७ सय ६ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको छ । ६४ जनामा परीक्षण गरिएकोमा रामपुरका १२ , बगनासकालीका १ र तानसेनका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ४ सय ५ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ८२ पुगेको छ । जिल्लामा ३ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update