पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना कोरोनामुक्त भएका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १९ जना महिला र १६ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ६, रामपुर नगरपालिकाका १५, रैनादेवी छहरा गाउँपालिका, निस्दी गाउँपालिकाका १/१, तिनाउ गाउँपालिका, रम्भा गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका ५, रिब्दीकोट गाउँपालिकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ५ सय ३३ पुगेको छ ।
२१ जना नयाँ संक्रमित थपिए
यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन परीक्षण गरिएका १० जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण भने एक जनाको पनि गरिएको छैन । ७१ जनाको एन्टिजेन परीक्षण गरिएकोमा रामपुरका १०, रैनादेवी छहरा, निस्दीका १/१, बगनासकालीका ५ र तानसेनका ४ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ४ सय २६ पुगेको छ ।
जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९२ पुगेको छ । जसमा २ हजार ८६ महिला र ३ हजार ७ सय ६ जना पुरुष रहेका छन् । यहाँ अहिलेसम्म १ सय १७ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । जिल्लामा ३ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।