Shittalpati
पाल्पा कोरोना अपडेट :  शुक्रबार ६८ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा ६ जना र एन्टिजेन परीक्षणमा ६२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २३ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, बगनासकाली गाउँपालिकाका १/१ र तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ५ सय ९८ पुगेको छ । जसमा २ हजार ९० महिला र ३ हजार ५ सय ८ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६२ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ८ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिका ६, निस्दी गाउँपालिकाका ५३ र तानसेन नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ४ सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ८ जना महिला र ७ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ६, रामपुरका ५, माथागढी, बगनासकालीका २/२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ५ सय ४८ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय २० पुगेको छ । जिल्लामा ३ सय ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update