काठमाडौं (एजेन्सी) । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ग्राहकहरुका लागि ह्याप्पी आवर अन रिचार्ज योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको हो ।
यो अफर अन्तर्गत ग्राहकले १०० र यस भन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्त गरी यसको फाइदा लिन सक्ने छन् । यो अफर फागुन १५ गतेदेखि लागु भएको छ । भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्ने छन् । भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागु हुने छ । योजनाबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१०६ ह्यास डायल गरी आफुलाई अफरमा निःशुल्क रुपमा सहभागी गराउन सक्छन् । यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुटबाट लाभ लिन सक्ने छन् ।
ग्राहकहरुले १०० रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटका लाभ ७ दिनका लागि पाउने छन् । दुई सय, तीन सय र पाँच सय रिचार्ज गर्ने ग्राहकहरुले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्ने छन् । यसैगरी ग्राहकहरुले एक रिचार्ज गर्दछन् भने यो छुटको लाभ रकम रिचार्ज गरेको दिनबाट ६० दिनका लागि पाउने छन् । यो अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ । यो अफर ९० दिन सम्म सञ्चालनमा रहनेछ । ग्राहकले एस्ट्रिक्स १७१०६ एस्ट्रिक्स १ ह्यास डायलगरी आफुले सुचारु गरेको अफरको समयसीमा सजिलै थाहा पाउन सक्ने छन् ।