पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ११ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ११ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ५६ जना महिला र ४४ जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २२,रामपुर नगरपालिकाका ३७, पूर्वखोला गाउँपालिका ५, बगनासकाली गाउँपालिका ३८ र रिब्दीकोट गाउँपालिका ९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ७ सय २ पुगेको छ ।
२५ जना नयाँ संक्रमित थपिए
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १० र एन्टिजेन परीक्षणमा १५ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ९५ जनाको परीक्षण गरिएकोमा तानसेनका ५,माथागढीका २, रम्भा, बगनासकाली, तिनाउका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ३६ पुगेको छ । जसमा २ हजार १ सय ८ महिला र ३ हजार ५ सय २८ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ४४ जनामा परीक्षण गरिएकोमा रामपुरका १०, तिनाउका ५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ७ जना महिला र ८ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ५ सय २६ पुगेको छ । यहाँ अहिलेसम्म १ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय २४ छ । अहिलेसम्म जिल्लामा २ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।