Shittalpati
पाल्पा कोरोना अपडेट:  मंगलबार ५३ संक्रमित निको, ४३ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमित निको भएका हुन् ।

जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ३० जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४,रामपुर नगरपालिकाका २, बगनासकाली गाउँपालिका १ र निस्दी गाउँपालिका ४६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ७ सय ७३ पुगेको छ ।

४३ जना नयाँ संक्रमित थपिए

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १६ र एन्टिजेन परीक्षणमा २७ जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ३३ जनाको परीक्षण गरिएकोमा तानसेनका ३,माथागढीका २,रामपुरका ४, पूर्वखोला, रैनादेवी छहराका १/१ बगनासकालीका ३,, तिनाउका २ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ५२ पुगेको छ । जसमा २ हजार १ सय १८ महिला र ३ हजार ५ सय ३४ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको छ । ८८ जनामा परीक्षण गरिएकोमा माथागढी, बगनासकाली, रिब्दीकोटका १/१, रामपुरका १९,पूर्वखोलाका २ र तानसेनका ३ जनामा संक्रमण पुष्टि भएको हो । जसमा १२ जना महिला र १५ जना पुरुष रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ५ सय ५३ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ । यहाँ अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ११ छ । अहिलेसम्म जिल्लामा २ सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update