Shittalpati
पाल्पा कोरोना अपडेट: मंगलबार ४७ जना नयाँ संक्रमित थपिए, ४८ जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४७ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १९ जना र एन्टिजेन परीक्षणमा २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ४८ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका ४, बगनासकाली गाउँपालिकाका ५, तिनाउ गाउँपालिकाका २, रिब्दीकोट गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ७ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६२ पुगेको छ । जसमा २ हजार १ सय ७९ महिला र ३ हजार ५ सय ८३ जना पुरुष रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको छ । ७६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका १९, बगनासकाली गाउँपालिकाका ४, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ र तानसेन नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ७ सय २४ पुगेको छ । जसमा १ हजार ३ सय ९२ जना महिला र १ हजार ३ सय ३२ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ४८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १८ जना महिला र ३१ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ९, रामपुरका ३५, रैनादेवी छहराका १, बगनासकालीकाका ३ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ७ हजार ९ सय ६५ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ३ सय ९५ पुगेको छ । जिल्लामा ३ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update