पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३८ जना महिला र ४० जना पुरुष कोरोनामुक्त भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका २३, रामपुर नगरपालिकाका ३४, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१, रम्भा गाउँपालिकाका २,बगनासकाली गाउँपालिकाका १० र तिनाउ गाउँपालिकाका ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ७२ पुगेको छ ।
५९ जना नयाँ संक्रमित थपिए
यस्तै,पछिल्लो २४ घण्टामा जिल्लामा ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ९ र एन्टिजेन परीक्षणमा ५० जना संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५५ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २, पूर्वखोला गाउँपालिका,रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१ जना, र तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८२ पुगेको छ । जसमा २ हजार १ सय ८७ महिला र ३ हजार ५ सय ९५ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको छ । २ सय ४७ जनामा परीक्षण गरिएकोमा रामपुरका ४४, रैनादेवी छहरा, निस्दीका १/१ र तानसेनका ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ८ सय १८ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २६ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय २ पुगेको छ । जिल्लामा ३ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।