Shittalpati
पाल्पाको मगर संस्कृतिका विषयमा अन्तरक्रिया

पाल्पा, पाल्पाको मगर संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम तानसेनमा भएको छ । पाल्पा साहित्य समाजको आयोजना, नेपाल मगर संघको संयोजनमा शनिबार अन्तक्र्रिया कार्यक्रम भएको हो । कार्यक्रममा सहभागीहरुले पाल्पाको मगर संस्कृति लोप हुँदै जान थालेकाले यसको संरक्षणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले पाल्पाको पहिचान मगरी संस्कृति रहेकाले संरक्षणमा स्थानीय सरकारसँगै निजी संघसंस्थाहरुले समेत ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि संस्कृतिविद् निर्मल श्रेष्ठले पाल्पाको मगर संस्कृतिले जिल्लाको इतिहास रचेकाले यसको संरक्षण्मा सबैले चासो देखाउनुपर्ने बताए । कार्यक्रममा डा.कुसुमाकर न्यौपाने, डा.मुकुन्द शर्माले मगर संकृतिको ईतिहास र वर्तमानका विषयमा उल्लेख गर्दै मगरी नृत्य, नाटक, गीत, भाषाको सम्बन्धमा चर्चा गरेका थिए ।

देउराली साहित्यिक प्रतिष्ठानका अध्यक्ष मदन देउराली, संस्थाका संरक्षक राजेन्द्र गोपाल सिंह, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार देव पचाभैया, तेज घर्ती मगर, प्रतिज्ञा सिंजाली लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा ताराबहादुर गुरु·ले नृत्य र गायत्री पराजुलीले गीत गाएर मगरी सस्ंकृतिको पहिचान दिलाएका थिए । प्रतिष्ठानका अध्यक्ष पुष्करराज रेग्मीको अध्यक्षता, सदस्य कमल खत्रीको स्वागत, चित्रवलीराम सुवालको धन्यवाद सचिव महेन्द्र पन्थीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update