गुल्मी, जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बोमोजिक निषेधाज्ञाको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने १६ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
जिल्लाका विभिन्न स्थानमा गरिएको छड्के चेक जाँचको क्रममा माक्स नलगाई हिड्ने १६ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा कोरो संक्रमणको दर बढ्दै जान थालेपछि ‘तपाइको माक्स खै’ ? अभियान सञ्चालन गरिएको छ । जस अन्र्तगत जिल्ला भर माक्स नलगाउने प्रति प्रहरीले निगरानी बढाउदै आएको छ । प्रहरीले ६ सय ९३ जनालाई माक्स किनेर लगाउन लगाईएको जनाएको छ । त्यस्तै १ सय ५० जनालाई माक्स वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको छ । केहि हप्ता खुकुलो बनाइएको निषेधाज्ञालाई पूर्णरुपमा कडाइ गर्दै समय थपिएको हो । विभन्न चरणमा खुकुलो पार्दै लम्बाइएको निषेधाज्ञाबाट कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः कडाइका गर्न लागिएको जिल्ला प्रशासनले जनाएको छ ।
थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साउन २५, २७ र २९ गते बिहान ६ बजेदेखी बिहान ९ बजेसम्म बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । यो अवधिमा बैंक तथा वित्तिय संस्थाहरु भने पूर्ण बन्द रहने छन् । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफुल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी पनि साउन २५, २७ र २९ गते मात्रै पाउने भएका छन् । निषेधाज्ञामा एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहने छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । निषेधाज्ञा उलङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।