पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा १७ जना र एन्टिजेन परीक्षणमा ७२ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ५३ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,रामपुर नगरपालिकाका १/१, रम्भा गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका ६ र तानसेन नगरपालिकाका ७ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ३५ पुगेको छ । जसमा २ हजार २ सय ९ महिला र ३ हजार ६ सय २६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ८९ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका,पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिकाका ४/४,रामपुर नगरपालिकाका १५, बगनासकाली गाउँपालिकाका १५ जना, रिब्दीकोटका ६ र तानसेनका २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या २ हजार ९ सय ६९ पुगेको छ । जसमा १ हजार ५ सय १६ जना महिला र १ हजार ४ सय ५३ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ३० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १९ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ५,रामपुरका १५, पूर्वखोलाका ४, रैनादेवी छहराका ३, बगनासकालीका २ र तिनाउका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार १ सय ९४ पुगेको छ । यहाँ अहिलेसम्म १ सय २८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ८२ पुगेको छ । जिल्लामा ४ सय १३ जना होम आइसोलेसनमा रहेका छन् भने ६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।