Shittalpati
पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा २२ जना र एन्टिजेन परीक्षणमा ६८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ७८ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका निस्दी गाउँपालिकाका १/१, बगनासकाली गाउँपालिकाका ५, रिब्दीकोट गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १० जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ५ हजार ८ सय ६२ पुगेको छ । जसमा २ हजार २ सय २७ महिला र ३ हजार ६ सय ३५ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६८ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ९८ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकाका २/२, रामपुर नगरपालिकाका ९,पूर्वखोला गाउँपालिकाका ३,रैनादेवी छहरा गाउँपालिकाका ७, रम्भा गाउँपालिकाका १२, तिनाउ गाउँपालिकाका १३, रिब्दीकोट गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ८१ पुगेको छ । जसमा १ हजार ५ सय ७६ जना महिला र १ हजार ५ सय ५ जना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७० जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४१ जना महिला र २९ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ११९,माथागढीका ८, रामपुरका २१, रैनादेवी छहराका ३,रम्भाका ९, बगनासकालीकाका ५, तिनाउका २, रिब्दीकोट, निस्दी र पूर्वखोलाकाका १/१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ८ हजार ३ सय ३२ पुगेको छ । यहाँ अहिलेसम्म १ सय ३० जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ४ सय ८१ पुगेको छ । जिल्लामा ४ सय ४ जना होम आइसोलेसनमा रहेका छन् भने ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update