गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
गुल्मी, गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् । दोहली ढाँडकी अन्दाजी १७ बर्षीया राधा खत्री, २३ बर्षीया गोमा खत्री र २४ बर्षीया शर्मिला खत्री पनि घाइते भएका छन् ।
सोहि ठाउँकै मालारानीकी २४ बर्षीया रुपा र ९ बर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरुमा पनि पु¥याएको छ । घाइतेहरुको उपचारको लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्