Shittalpati
‘नतिजा सुधार गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण’

पाल्पा । प्रतिनिधि सभाका सदस्य तथा पाल्पा क्षेत्र नम्बर २ का सांसद सोमप्रसाद पाण्डेले बगनासकाली ७ खानीगाउँको विद्यालयको नतिजा सुधार गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

बगनासकाली ७ खानीगाउँमा रहेको खानीगाउँ माविको ५६ औ वार्षिक उत्सव तथा अभिभावक समारोहलाई सम्बोधन गर्दै सांसद पाण्डेले नतिजा सुधार गर्न अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । उनले पछिल्लो समय सामुदायिक विद्यालयहरुको नतिजा खस्दै गएको प्रति चिन्त व्यक्त गर्दै नतिजा सुधार गर्न अभिभावक र शिक्षकले असल भूमिका खेल्न आग्रह गरे । सांसद पाण्डेले विद्यालयमा आर्थिक अभावका कारण समस्या नहुने बताए । समय अनुकुल शिक्षा प्रदान गर्न सरकार लागि परेको बताउँदै उनले रकमको अभावमा विद्यालयमा कुनै पनि समस्या उत्पन्न नहुनेमा जोड दिए । कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद वीरबहादुर रानाले शिक्षा क्षेत्रको विकासमा सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक कल्पनाकुमारी भुसालले १ करोड रुपैयाँको आयव्याय विवरण प्रस्तुत गर्दै ४ वटा अक्षयकोष स्थापना मार्फत ५० हजार रुपैयाँ स्थापना भएको जानकारी गराए । सोही अवसरमा विद्यालयले प्रकाशन गरेको स्मारिका २०७६ को विमोचन गरिएको छ भने नवनिर्मित दुई तले भवनको उद्घाटन समेत गरिएको छ । वडाअध्यक्ष गुनबहादुर बुढाथोकी, नेकपा बगनासकाली गाउँ कमिटीका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिप्रसाद पाठक, स्मारिकाका सम्पादक तथा पूर्वशिक्षक अभिभावक संघका अध्यक्ष टंक भट्टराई, यज्ञमुर्ति तिमिल्सिना पूर्वप्राध्यापक रेस्मीराज गैरे, विद्यार्थी आस्था गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयलाई सहयोग गरेको भन्दै प्रमुख सल्लाहकार तथा सांसद नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, इन्सेक प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिना, शिक्षक खिमकला गैरे, कोसलराज गैरे र गणेश सूर्यवसीलाई विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.शंकर प्रसाद गैरेको अध्यक्षता, शिक्षक खिमकला गैरेको स्वागत, कोसलराज गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update