Shittalpati
अपेक्षा अनुसार नै कुलमानको नियुक्ति

सरकारले नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङलाई नियुक्त गरेको छ । जनअपेक्षा गरिएअनुसार नै सरकारले प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा घिसिङलाई नियुक्त गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले एक महिनासम्म केही गर्न नसकेको भन्ने आरोप लागिरहेको बेलामा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी सुम्पनुले यतिखेर यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसबाट आपूmले चाहेको मानिस पाएर नेपाली जनता खुशी भएका छन् ।


नेपाल विद्युत् प्राधिकरण जनताको सिधा सरोकारराख्ने प्रतिष्ठान भएकाले पनि नेतृत्वमा काम गर्ने व्यक्तिबाट जनताले आशाराख्नु स्वाभाविक हो । विगतमा जनताले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको अवस्थालाई कूलमानले पूर्णरुपमा समाधान गरेका थिए । त्यसपछिका दिनमा प्राधिकरणले जुन उन्नति गर्‍यो त्यो पनि कुलमानकै प्रयासका कारण भएको थियो । उनी एकजनाबाट मात्रै यो सम्भव भएन होला यसका सागि सबैको सहयोग त आवश्यक पर्‍यो नै तर उनले ती सबैलाई संगठित गरी प्राधिकरणलाई गति दिएका थिए । त्यसैले पनि कुलमानको पुनः नियुक्तिको माग जनतालेराखेका हुन । सोही अनुसार नै देउवा नेतृत्वको सरकारले कुलमानलाई नियुक्ति दिएका छन् । नेपाली जनताको प्रशंसामा परेका केही सीमित प्रशासकमा कुलमानको नाम आउनु निश्चय उनको सफलता थियो । त्यसैले उनको समय सकिएपछि पनि जनताले प्राधिकरणमा उनको निरन्तरता चाहेका थिए तर केपी ओलीको सरकारले उनलाई निरन्तरता दिन चाहेन । त्यसबेला जनताले सडकमा निस्किएर उनको माग गर्दै नाराजुलुस गरेका थिए । हाल परिवर्तित सरकारले उनलाई प्राधिकरणमा नियुक्ति गरी जनताको माग सम्बोधन गरेको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । पुनः नियुक्ति पाएका कुलमानले आफ्नो शाख जोगाउने गरी काम गर्नु पर्दछ । प्राधिकरणमा उनका लागि धेरै चुनौती पनि छ तर ति चुनौतीसँग सामना गर्दै कूलमान अगाडि बढ्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update