Shittalpati
यो कारण कालीगण्डकी डाइभर्सन हुनु हुन्न

तुलसी राम पोखरेल

विश्वको एकमात्र शालिग्राम शिला उत्पादन गर्ने नदी करोडौ वर्षदेखि अविछिन्न बग्दै आएको (हिमनदी) हिमालय मुस्ताङबाट बग्दै नारायणीमा मिलेको छ । यसको स्वरुप नै परिवर्तन हुनेगरी नेपाल सरकारले ल्याएको कालिगण्डकी डाइभर्स आयोजना संविधान राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि विपरित छ । राम्दि देखि २ किलोमिटर (तल २७) किलो मिटर सुरुङ खनी पाल्पाको रम्भा गाउँपालिका– ३ पिपल डाँडा क्षेत्रमा डाइभर्सनको बाध रहने छ । बुटवल बेलवाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना सरकारको रहेको छ । यो नदी मुस्ताङको मुक्तिनाथबाट हिन्दुहरुको पवित्र, धार्मिक, संस्कृतिक, पौराणिक पुष्प भूमि देवघाट नारायणी र त्रिवेणीसम्म परेको छ । पृथ्वीको यो नदी आदि र अन्त्य नदी मानिन्छ । यो धार्मिक, संस्कृतिक, पौराणिक वैदिक सनातन, धर्मावलम्वीहरुको पवित्र एवं पुण्य नदी हो । वैदिकसनातन धर्ममा काली गण्डकीको जल आचमन गर्नाले मात्र मुक्ति एवं मोक्ष प्राप्त हुन्छ । कालीगण्डकी डाईभर्सन गर्नाले तटीय क्षेत्रको पर्यायवरण जैविक विविधतामा ठूलो असर पर्छ । तटिय क्षेत्र भू–क्षय भई हराभरा जलस्रोतहरु सुक्छन् । जलचर थलचर जीवजन्तु समेत संकटमा पर्छन् । यो कालिगण्डकी डाईभर्सन अन्तर्राष्ट्रिय सन्धि सम्झौता विपरीत छ ।

औधोगिकरण वनविनाश, वातावरणीय क्षयीकरण, मानवीय, स्वास्थ्य, जीवजन्तु वासस्थल हिमालय, समुन्द्र नदीनाला, जलवायु जोगाउन घोषणा पत्र प्रस्तावहरु र अन्तर्राष्ट्रिय सन्धि महासन्धि भएका छन् । जुन सन्धि महासन्धिहरुमा पक्षराष्ट्रमा नेपाल पनि छ । १९९७, १९९२, १९८५ र १९९२ पक्ष राष्ट्र भएको नाताले यि सन्धि, महासन्धिहरु नेपालमा पनि बन्धनकारी हुन्छन् ।

हामी विकाश विरोधी पनि होइनौं विकासका अन्य संभावना हुँदा–हुँदै हाम्रो सभ्यता संस्कृति माथि प्रहार हुने गरी ल्याइएको काली गण्डकी डाइभर्सन कानून विपरीत छ । नेपालको संविधान २०७२ को धारा २६ (१)(३) र धारा ३० विपरीत छ । धार्मिक स्वतन्त्रताको हक– धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्वन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने छ यो संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य हो । तर सरकारका नीति र योजना संविधान र कानूनको भावना मर्म विपरित ल्याईएको योजना हो । कानूनमा प्रतिपादित नजिरको विपरीत हुने गरी नीति योजना ल्याएर संविधानवाद र कानूनको शाासनको खिल्लि उडाइएको छ । नेपालको संविधान धारा २०७२ को धारा ३० को उपधारा (१) मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक रहेको छ ।

योगी नरहरिनाथ वि. प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय समेत २०५३ मा राष्ट्रिय महत्वको विषयहरुमा श्री ५ को सरकारले निर्णय गर्दा राष्ट्रिय हितलाई ध्यानमा राखेर संविधान तथा कानून विपरित नहुने गरी निर्णय गरिनु पर्ने भन्ने नजिर सिद्धान्त प्रतिपादक भएको छ । नेपालको संविधान २०७२ को धारा २६ को उपधारा ३ धाराद्धारा प्रदत्त हकको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुन वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल् पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने छ ।

शास्त्रमा शालिग्राम रहस्य

शालेन वृक्षविशेषेण गभ्यते ज्ञायेत पर्वतविशेष शालग्राम गिरिस्तीर्थ विशेष शालाभ्यन्तरग्रामो समूह यस्र्यस शालः शालस्य ग्राम शालग्राम शलगता वित्यस्माद्धातो शलति वायुना चलतीति ज्वलिति कसंतेभ्योण् इति णेकृते शाल इति सिध्यद्धायति इति व्युत्पत्यर्थ :

अर्थात् शालिग्राम घेरिएको शालग्राम शिलामा स्थित विष्णु स्त्री जाति बाहेक समूहमा शालग्राम नामको शिलामा स्थित भएर पूजा गर्न योग्य भएर बसेको देखिन्छ शालग्राम गण्डकी नामकी स्त्रीत्व भावमा समाहित भएर बसेको कुरा आत्मसात् गरी शालङ्कायन नामका ऋषि शालग्रामको पूजा अर्चना गरेर आफ्ना सेवकहरुका साथ निवास गर्नु भएको तथ्य छ । शालग्राम वृक्ष समूहबाट भगवान नारायणको बोधक शालग्राम शव्द निर्माण हुन जान्छ । भगवान नारायणका विविध व्यूह र विभव नामहरु रहेका छन् । (१) विष्णु (२) कृष्ण (३) दामोदर (४) प्रद्दुम्न (५) संकर्षण (६) अनिरुद्ध (७) वासुदेव (८) नृसिंह (९) हप्ग्रीव ।

वैव्णव तन्त्र पाञ्चरात्रमा सृष्टि (१) शुद्ध सृष्टि (२) शुद्धेतर सृष्टि, जयाख्या संहिता अनुसार सृष्टि ३ प्रकारको हुन्छ । सृष्टि शुद्ध सर्ग, प्राधानिक सर्ग, ब्रह्म सर्ग धर्मको रक्षा अधर्मको नाशको लागि चार प्रकारको अवतार हुन्छ: (१) व्यूह (२) विभव (३) अन्तर्यामी (४) अर्चावतार यो भगवानको अर्चना हिन्दुहरुको भूत्ति र मुत्तिको लागि गरिन्छ ।

गण्डकी नामकी देवीले दश हजार वर्षसम्म तप गरिन्– भगवान विष्णु मै तल्लिन भइन् । गण्डकीदेवीले तन्मयकासाथ स्तुति गरिसकेपछि वरदान माग्न देवीसँग आग्रह गर्दा गण्डकीले भनिन्– मसँग हजूर (प्रसन्न) हुनुहुन्छ भने– वाञ्छित वर दिनुहोस् हे विष्णु– तपाई मेरो गर्भमा रहेर पुत्र हुन स्विकार गर्नुहोस् भनिन् । विष्णुले तथास्तु वरदान दिनु भयो । गण्डकीको गर्भमा शालग्राम शिला भएर भगवान प्रकट भएको कथा छ ।

यस्ती सभ्यता संस्कृति र धर्मको मूल मर्म बोकेकी काली नदीको डाईभर्सन गर्ने कुरा धर्म शास्त्र संविधान विपरीत छ ।

शालग्राम क्षेत्रका महत्वपूर्ण तीर्थहरु

कृष्ण गण्डकीको विभिन्न नाम–१५ :

(१) असिता (२) सदानीरा (३) चक्रनदी (४) हिरव्यवती (५) दृषदवती (६) पुष्पवहा (७) धारणी गण्डी (८) गण्डिगुल्म (९) तमसा (१०) नारायणी (११)कृष्णाभा (१२) कृष्णा (१३) कालीगण्डकी (१४) गण्डकी (१५) कालगण्डिका (१६) करतोया (१७) जाक्षु

कृष्ण गण्डकीमा सहायक नदि ८ वटा छन् :

(१) मिर्सा (२) रहु राखु देविका (३) मंगल (४) मोदीवेनी (५) सेतीवेनी (६) आदि + आँधी + आधी + अन्धावती दीर्घतमा (७) रुद्र गंगा– खद्रवती बडीगाड (८) रुरुगङ्गा समेत गरेर ९ गण्डकी कृष्ण गण्डकी सँग सम्मिलित छन् । कृष्ण गण्डकी वा कालीगण्डकी आदि गङ्गा हुन् । चितवन तनहुँ नवलपुर अन्तर्गत रहेको एक मात्र कलिपुगके महान् तीर्थस्थल देवघाट, शालग्राम क्षेत्र, प्रथम हरिहर क्षेत्र आदि प्रयाग धाम हो । यो तीर्थस्थल वा नदी समुन्द्र सतहबाट २ सय ९० मिटर उचाईमा उभिएको छ । यो तीर्थस्थल भारतस्थित ऋृषिकेशको तपोवनभन्दा श्रेष्ठ धार्मिक र भौगोलिक बनोट छ ।

मान मुक्तिनाथ धाम, कालिगण्डकी, शालीग्राम (यस नदीका तिर्थहरु) को धार्मिक महत्व सँगसँगै जोडिएको छ । कालिगण्डकी विनाको शालग्राम सनातन धर्ममा हुँनै सक्दैन । मुक्तिनाथ तीर्थ कालीगण्डकी र शालिग्रामसँग जोडिएको विषय हो ।

कालीगंगा – तिव्वतको पठार टेथिस सागरमा रहेको मानस कल्पकी आदिगङ्गा कष्णगण्डकी तिब्वतकै थोक्छु गाउँ भन्दा पर प्रकटित हिम नदि नेपालको लोमन्थाङसम्म आई पुग्दा ३५ कि.मी पार गरी प्रवाहित हुन्छिन् । लोमन्थाङबाट कृष्णगण्डकीको नामाकरणमा छुमाखोला निचुङखोला हुँदै सुर्खाङ ढिही गाउँमा पुग्दा दामोदर हिमालयबाट प्रवाहित हिम नदि दामोदर कुण्ड हुँदै दामोदर नदि वा तिरु खोला वन्दै ढिही खोलामा पुग्दा काली गण्डकी र शालग्राम चक्रनदीको संगम हुँदा ४० कि.मि पार गरेको हुन्छ । कालीगण्डकीले ३८.८ कि.मि पार गरेर सम्मिलित हुन्छ ।

यसरी दामोदर चक्रनदी र कालीगण्डकी मुक्ति ज्वाला र मुक्तिधारा १०८ धाराबाट प्रवाहित गण्डकी र चक्रनदी कृष्ण गण्डकीको संगम भएर एउटै, ताङग्वे चैले छुसाङ गाउँ हुदै हिन्दुहरुको महान्तीर्थ कागवेणीमा तादात्य स्वरुपमा कृष्णगण्डकीको नामाकरण बन्दछ ।

यस नदीको अमृततीर्थ जलाधार क्षेत्र ४६००० वर्ग किलोमिटर अधिकांश अमृततीर्थ जलाधार भाग तिब्वतको पठार उपल्लो हिमभागबाट त्रिवेणी धाम– वाल्मीकी आश्रम सम्म भौगोलिक दुरी ४९५ कि.मी रहेको छ ।

नेपालमा मात्रै ४८३ कि.मी भू–भाग समेटेको छ । हिमनदी दामोदर कुण्ड चक्रनदि शालग्राम क्षेत्रको परिधी २९ योजन ९६ कोश ३०९ कि.मी मा देवघाट माण्डव्य ऋषि र सालङ्कायन ऋषिको तपोभूमि शालग्राम क्षेत्र रहेको छ । दामोदर कुण्ड मुक्ति क्षेत्र ३४ कि.मी छ । मनाङ र मुस्ताङ छुट्याउने थोरङला भञ्ज्याङबाट मुक्तिनाथ क्षेत्रमा आइपुग्ने मुक्ति हिमनदीको दुरी ७ कि.मी छ । थोरङला भञ्ज्याङबाट १८ कि.मी मा हिन्दुहरुको पवित्र तीर्थ कागवेणी छ ।

पवित्रतीर्थ दामोदर कुण्ड – देवघाट २६६ कि.मी

पवित्रतीर्थ मुक्तिनाथ – देवघाट २३२ कि.मी

पवित्रतीर्थ रुरुक्षेत्रबाट – देवघाट १६६ कि.मी

तिब्वतको पठारबाट – देवघाट ३९६ कि.मी

देवघाटबाट – त्रेवेणीधाम ९९ कि.मी छ ।

काकवेणीबाट, कागखोला आदि हुँदै अन्नपूर्ण हिमाल, धवलागिरि हिमाललाई चिरेर पाताल गङ्गाको स्वरुप भएर वग्दछिन । धवलागिरि र अन्नपूर्ण हिमाल पछि मध्यपहाडी भ–ूभाग वेनीदेखि रुरु क्षेत्रसम्म घेरिएको छ । रुरुक्षेत्रदेखि नागवेली हुँदै पूर्व – उत्तरतर्फ मोडिएर महाभारत पर्वतलाई दक्षिण पारेर प्रवाहित हुँदै राम्दीसम्म कालीगण्डकी पुग्दछिन् । त्यहीबाट उत्तरतर्फ मोडिदा– उक्तरबाहिनी गङ्गाको पवित्रतम स्वरुपमा भएर हुँगीघाट केलादीघाटबाट पूर्व तर्फ मोडिएर स्वाल्टे भन्ने ठाउँमा पुगेर महाभारत पर्वत श्रृखलालाई सीधै काटेर दक्षिणतर्फ प्रवाहित हुन्छिन् । यस्तो हिमनदीलाई डाईभर्सन गर्नु हाम्रो राष्ट्र, राष्ट्रियता, सभ्यता संस्कृति संविधान राष्ट्रिय र अन्तर्राष्ट्रिय कानून विपरीत छ । मत्सायणाचार्य विरचित भाब्य ऋग्वेद संहिता खिलभागमा, कालीनदीलाई, सीता– असिता, सीता, शुक्ला–सेती सरस्वती नदी र असिता कृष्ण गण्डकीको प्रसंग उल्लेख छ ।

त्यस्तै सायणाचार्य विरचित वाजसनेयी माध्यन्दिनी शतपथब्रह्मणमा सदानीरा नदी उक्तर हिमालयबाट प्रवाहित भएकी कहिल्यै पनि नसुक्ने एक नास रहने कञ्चन अमृतजल हो भनिएको छ । त्यसै नदीलाई नारायणी भनिन्छ । वौद्ध साहित्यमा ललितविस्तर ग्रन्थ निर्वाणगमन परिवर्तः मा वुद्धले हिण्यवती वा सुनपखालेको नदी पार गरेर शालवृक्षको वनभित्र प्रवेश गरी शालवृक्षमा निर्माण प्राप्त गर्ने बेलामा आफ्ना शिव्य आनन्दलाई अब मेरो निर्वाण हुने बेला भयो भनि उल्लेख गरेबाट– काली नदी र शालीग्रामको महत्व कस्तो रहेछ भन्ने प्रस्ट हुन्छ । पौराणिक साहित्यमा ब्रह्मनिर्मित नारायण– विष्णुसित सम्बन्धित बहुतीर्थ विशाल शालग्राम चक्रनदी क्षेत्र रहेको कुरा उल्लेख छ ।

ब्रह्माद्धारा निर्मित ब्रह्मपुत्री चक्रनदी तुलसी, बाह्ममीगण्डकी नाम गरेको तीर्थ नदी रहेकी छन् जहाँ चक्रै– चक्रले युक्त (पाषाण) शालग्राम चक्रनदीको क्षेत्रमा भगवान नारायण अर्चावतार विष्णुका सन्निधिमा विशाल शालक्रम चक्ररहेको छ । मिथिला महात्म्यमा पनि कोशी र नारायणीको महत्व वर्णन गरिएको छ । हिन्दु धर्ममा पञ्चायन देवताको महत्व कालीनदी हाम्रो सभ्यता हो संस्कृति हो, राष्ट्र र राष्ट्रियतासँग जोडिएको कुरा हो । आर्यहरु, ब्रह्मर्षि, महर्षि, ऋषिहरु, राजर्षिहरु, अग्नि होत्रीहरुले वैद्धिक मन्त्र अ सहस्रशिषा ..... आदि । १६ मन्त्रद्धारा पञ्चायन देवताको षोडशोपचार, पञ्चोपचार विधिले पूजा गर्दर्थे– हामी हिन्दुले पञ्चायन देवताको पूजान गरी भगवानलाई अन्न भोग नलगाई अन्न ग्रहण गर्दैनन् ।

विष्णु पञ्चायन, शिव पञ्चायन गणेशपञ्चायन देवी पञ्चायन र सूर्य पञ्चायन पूजा गर्नुपर्छ भनिएको छ । गणेश भास्करो, देवी, शिवो विष्णु पञ्चायन देवता हुन । शालिग्रा म भनेको विष्णु हुन शालीग्रामको अर्चना गर्दा गण्डकीको जल अपरीहार्य हुन्छ स्नान प्राण प्रतिष्ठा–पूर्वाङ्गपूजा– उत्तराङ्ग पूजा गर्नुपर्छ । काली नदीमा स्नान गर्नाले जीवनका सारा पाप नाश हुन्छ उ सहजै ब्रह्मलोक प्राप्त गर्दछ ।

नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय सरकारका अर्थमन्त्री माननीय विष्णु पौडेल समेतले मिति २०७८/०१/ २४ गते नेपाल सरकार उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट विषय विकास आयोजनाको आ.वं. ०७८/७९ का लागि अस्थायी दरवन्दी स्वीकृति गर्ने प्रस्ताव पेश गर्न विभागीय मन्त्रीबाट स्वीकृति प्राप्त मिति २०७८/०१/२३ का उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय सचिव ज्यू को कार्यकक्षको दत्र्ता नं ११३९ दत्र्ता मिति ०७८/२/१० को छ । देकेन्द्र कार्की सचिवको हस्ताक्षर मिति २०७८/२/६ गते मन्त्रिपरिषदको बैठकमा फेस भएको मिति २०७८/२/६ गते शंकरदास वैरागी मुरक सचिवले नेपाल सरकारको निर्णय– प्रस्तावमा लेखिए बमोजिम गर्ने भन्ने हस्ताक्षर गरेको देखिन्छ । मन्त्रि परिषद्ले देहाय वमोजिम निर्णय गरेकाले सो बमोजिम कार्य सम्पादन हुन नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४ को नियम २९ बमोजिम अनुरोध गर्दछु भनिएको छ ।

नदी डाईभर्सनको उदाहरण पेश गर्न चाहन्छु । शोभियत संघले एउटा प्रोजेक्ट गरेको थियो । उजवेगस्थान र काजकिस्तानको बिचको नदी जसको नाम अमुडारे र डारे नदी, डाईभर्सन गरेर ड्याम बनाइयो । नदी डाईभर्सनका कारणले समुह ६८००० हजार किलोमिटर स्कोयर सुकेर १९६०– १९८९ सम्म समुन्द्र नै सुक्यो अहिले त्यो समुन्द्र १०% मात्र बाँकी छ । यहाँका वासीन्दा विस्थापित भए, माछा मार्ने पेशा गुम्यो । त्यहाँबाट विस्थापित भए कालीगण्डकी डाईभर्सनले तटियक्षेत्रका बासीन्दाहरुको खेतका मूल सुक्छन् सुख्खा मरुभूमिकरण हुन्छ पर्यावरणमा ठूलो असर पर्छ ।

वराह पुराण अनुसार

भगवान विष्णुले उत्तरी हिमालको भू–खण्डमा तप गर्दा सारा संसार र चराचरप्राणी स्तब्ध भएका थिए । यो विषयलाई वराह भगवानले पृथ्वीलाई भन्नु हुन्छ । भगवान विष्णुले तप गर्दा उहाँको गण्डस्थलबाट पसिनाको रुपमा गण्डकी प्रार्दुभाव भईन । त्यस दिव्य नदी प्रकट भएको देखेर भू–भूवस्वलोकदेखि महलोकसम्म रहेका देवगणहरु ब्रह्मासहित शिव जी भएको ठाउँमा पुगी तपाई आउनुको कारण के हो ? जान्न सकिएन– शिवले भन्नुभयो– भगवान विष्णुको तपको कारणले यस्तो भएको हो । त्यस स्थानमा भगवान शङ्कर ब्रह्मा सहित देवगण उपस्थित भए । एकातर्फ गण्डस्थलबाट गण्डकी झरझर निक्लेकी छन् । त्यसको चारैतर्फ कालो पहाड– चक्रमय शालग्रामले घेरिएको छ । शङ्करले विष्णुसँग भन्नुभयो । यो तप केका लागि गरेको हो । त्रिलोकको कल्याणको लागि यो तप गरेको हो भनेर विष्णुले भन्नु भयो । शिवले त्यसो हो भने यो क्षेत्र आजबाट दर्शन मात्रले मुत्रिदायक मुत्रिक्षेत्र नामबाट प्रसिद्ध हुने छ । हजुरको गण्डस्थल (गाला) बाट पसिनाका रुपमा उत्पन्न भएकी गण्डकी नदी परम पवित्र नदीहरुमा सर्वाेत्तम हुने छिन् । काली नदीमा नित्य, नैमित्तिक र काद्धय जुन सुकै कर्म गरे पनि सफल हुन्छ । कालीनदीको स्नान गर्नाले मात्र मुक्ति प्राप्त हुन्छ भनिएको छ ।

हिमवत्खण्डमा कुमारले अगत्य ऋषिलाई भन्नु हुन्छ– जालन्धरकी पत्नी वृन्दाको सतीत्वलाई नष्ट गरेपछि वृन्दाबाट पाषाण हुने श्राप परेको कारणले शालिग्राम शिला र तुलसीको रुपमा भगवान विष्णु प्रकट हुनुभयो ।

त्यसैगरी शंखचूडको पत्नी तुलसीको पनि भगवान विष्णुले सतित्व नष्ट गरेपछि तुलसीले पनि पाषाण (पत्थर) हुने श्राप दिन्छिन् । त्यसपछि तुलसी ब्रह्माकी पुत्री गण्डकी भएर प्रवाहित हुन्छिन् आदि कथाहरु छन् ।

समुद्र मन्थनको कथामा, देवघाट हरिहर क्षेत्र आदि कथा प्रशस्त छन् । नेपालमा हिमालदेखि तराई हुँदै वगेका नदीहरु मध्ये कोशी, गण्डकी र कर्णाली तीन प्रमुख नदीहरु हुन् । यी तीन प्रमुख नदी मध्ये कोशी नदीको सम्बन्ध– ऋषि विश्वामित्रसँग छ सदानीरा–गण्डकी अग्नि तत्व तिरोहित नदीसँग ब्रह्मर्षि वसिष्ठसँग जोडिएको सावित्री– ब्राह्मी विद्या हो । कर्णाली र भेरी नदीको सँगम सिद्धनाथ धामसँग (जोडिएको) सरस्वती सोरी विद्या हो । सदानीरा– नारायणी हो । भन्ने कुरा वेदले स्पष्ट पारेको छ । आकार सहित अ, उ, म वर्ण र २४ अक्षर सहित २७ अक्षरका द्रव्टा ऋषि नारायण हुन् । शुक्लयर्जुकेदको ३०/२ मा गायत्रीमन्त्रको द्रव्टा र उत्पत्ति क्षेत्र सदानीरा– गण्डकी नारायणी क्षेत्रमा भएको हो ।

वाल्मिकि ऋषिले रामायण रचनापनि सदानीरा–गण्डकी नारायणीको भूमिमा भएको हो । माण्डव्य र सालङ्कायन ऋषिको तपोभूमि माडि अयोध्यापुरी साखु– सखुवा सालको जंगलले घेरिएको विशाल भूमि भनेर वाल्मिकि रामायणको वालकाण्डमा उल्लेख छ । व्यवस्थाहरु आउछन् जान्छन् तर जुनसुकै तन्त्रमा सभ्यता संस्कृति रिति रिवाज प्रथा परम्परा र धर्म देशको मूल निधि हुन्छ । जब सम्म हाम्रा प्राकृतिक नदी नालाको संरक्षण गर्न सक्दैनौ तब सम्म हामी र हाम्रो कानून कमजोर रहेछ भन्ने वुझ्नुपर्छ ।

कालिगण्डकी डाईभर्सन गर्नाले गण्डकी तटीय क्षेत्रमा बसोवास गर्ने कुमाल, बोटे (ढुङ्गा चलाएर जीवन निर्वाह गर्ने जाति) मगर केवार जनजाति ब्राह्मण क्षेती, दलित वस्ती एवं आदिकालदेखि बसोवास गर्दै आएका अन्य वस्तीहरुका जल, जमिन र जंगल र मौलिक अधिकारको समेत हनन् हुने छ । कालीगण्डकीको तटिय क्षेत्र राम्दिदेखि पाल्पा, स्याङ्गजा, तनहुँ देवघाट, चितवन, नवलपरासी, पुट्टार, बुलिङ्टार, डेढगाउँ, त्रिवेणी लगायत लुम्बिनी वस्तीलाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्दछ ।

विश्का १ अरव ३५ करोड हिन्दुहरुको आस्थाको केन्द्र कालिनदी जहाँ शालिग्राम पाइन्छ । जसको पुजन गर्नाले पुष्प र मोक्ष प्राप्त हुन्छ । त्यस्ती नदीलाई अप्राकृतिक रुपमा कालीगण्डकीको डाइभर्सन गरेर रुपन्देहीको तिनाउ खोलामा झार्ने गरी ल्याईएको कालीगण्डकी डाईभर्सन गर्ने कुरा नेपालकोे संविधान २०७२ तथा अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरित छ ।

कालीगण्डकी र कालीनदीबाट तटिय क्षेत्रका स्थानीय तहले दर्जनौ फोटबन्ट गर्न सकिने आम्दानी

१) सालिग्राम म्यूजियम स्थापना गरेर धार्मिक पर्यटकबाट वार्षिक छ अरब भन्दा बढी (अरवौ) आम्दानी गर्न सकिन्छ ।

२) हिन्दुहरुको चाड पर्व– नित्य पूजालाई गंगाजल (नेपाल भारत मावेचेर) वार्षिक – अनुमानित– २० अर्ब ।

३) नेपाल डण्डियामा÷ आयुर्वेदिक औषधि तटिय क्षेत्रमा– तुलसी रोपेर वार्षिक आम्दानी २० लाख भन्दा बढी ।

४) कपास रोपेर जनै पूर्णिमामा वार्षिक ५ अरब आम्दानी गर्न जक्छौ (जनै बेचेर))

५) तटिय क्षेत्र– सालकोपाट, जडिबुटि, धुप, टपरी आदिबाट ३ अरब भन्दा बढी आम्दानी गर्न सकिन्छ ।

६) मह उत्पादन वार्षिक– ५० करोड भन्दा बढी

७) बाख्रा पालन, भैसी पालन आदिबाट – ३ खरव भन्दा बढी

८) पक्षिपालनबाट– वार्षिक २० करोड आम्दानी

९) जडिवुटिबाट– वार्षिक – ५ अरब भन्दा बढी

१०) नदीको माछाबाट वार्षिक– २ अरब भन्दा बढी आम्दानी

११) अन्यबाट– वार्षिक ५ अरब आम्दानी गर्न सकिन्छ ।

कालीगण्डकी डाइभर्सन गर्नाले

राम्दीदेखि देवघाट चितवन सम्मका हजारौँ विद्यामा रहेका सालघारी वन– सुख्खाको कारणले मर्ने छन् –तटिय क्षेत्रका खयर अमूल्य आयुर्वेदिक वृक्षहरु –मर्नेछन्– जलस्रोत वा मूल सुकेपछि– हर्राे, वर्राे, परिजात, रुद्राक्ष, पिपल, वर, स्वामी–जस्ता हजारौ वृक्षहरु सुकेपछि पर्यायवरण र मानवीय जीवनमा ठूलो असर पर्ने छ । तटिय क्षेत्रका– आयुर्वेदिक र अमूल्य जडिबुटी नाश हुने छन् ।

अन्य व्यवस्थापन गर्ने

१) अन्य व्यवस्थापन गर्न सकिन्छ तिनाउको पानी व्यवस्थापन पर्न सके हजारौ विघा जमिन सिंचाई हुन्छ । वर्षात्को पानी जम्मा गरी– बुटवल लगायतका ठाउँमा सिंचाई गर्न सकिन्छ, (तिनाउको पानी व्यवस्थापन गर्न सकिन्छ )

२) वोरिङ प्रविधिबाट– जल सिंचाई गर्न सकिन्छ ।

३) आकाशको पानी व्यवस्थापनबाट–त्रिवेनी÷देवघाट मुक्तिनाथ जलमार्ग– कालीगण्डकी जलमार्गबाट प्रशस्त आम्दानी गर्न सकिन्छ । संघीयता धरापमा पर्ने, प्रदेश–प्रदेश बिचमा द्धन्द्ध बढ्ने “प्राकृतिक न्यायको सिद्धान्त” नदी जुन बाटोबाट बगेको छ त्यही बाटोबाट बग्न दिनुपर्छ ।

त्यहाँको– तापक्रम बढ्छ– डाईभर्सनले – कालिगण्डकीको प्रति सेकेण्ड ९२ धनमिटर पानी तिनाउमा ल्याउने “१२६ मेघाबाट विद्युत” उत्पादक १ खर्ब ३८ अरब आयोजना । दोभानमा– ५४ मेघाबाट बिजुली उत्पादक बुटवल– १३ बेलवास– दोश्र्रो पावर हाउसबाट ७२ मेघाबाट उत्पादन आगामी वर्ष डिपी आर तयार हुने ।

नहर ३८ किलोमिटर रुपन्देहीका ५३ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा । बाघबाट देवघाट क्षेत्रसम्मलाई प्रतिसकेण्ड १० धनमिटर र भविष्यमा हुन सक्ने उपयोगका लागि १० धनमिटर नै पानी छोडिने छ । तिनाउमा आश्रित १६÷३६ सिंचाई कला चार त थाहा कुलो आयोजनाका पहिलो परकर हाउस– दोभानबाट पनि प्रति सकेण्ड १० धनमिटर पानी छोडिने छ ।

– डाईभर्सनले प्रतिसेकेण्ड ८२ धनमिटर पानी तिनाउमा ल्याइने छ । त्यसमध्ये ७५.९६ धनमिटर छ ।

– गण्डकी महात्म्य आदिमा छ ।

कालीनदी– पवित्र नदी हो । प्राणात्तमा यसको जल पान गर्नाले मुक्ति प्राप्त हुन्छ । जसले बहुमूल्य हिरा, सुन चाँदि उत्पादन गर्छ त्यहाँ नदी विश्वको केवल एकमात्र काली नदी हो । चक्र शिला उत्पादन गर्छिन त्यो शिला विश्व प्रसिद्ध छ । स्कन्ध पुराणमा– जर्पाचनं हुतं दत्तं स्नातको यः करोति वै । कोटिकोटि गुण मत्र्यः फल प्राप्नोत्यगोचरम् (७९)– काली गण्डकीको तटमा शुभ कार्य गर्नाले कोटिकोटि फल प्राप्त हुन्छ ।

(कालीगण्डकीको जल प्रवाह क्षेत्रफल)

गण्डकीको क्षेत्रफल– ३०० किलोमिटर मानिस जलाउने घाटहरुमा ठूलो असर पर्ने छ । राम्दी देखि –कालीगण्डकी) देवघाटसम्मका नदी तटका मठ, मन्दिर पाटी पौवा भूक्षय भई भत्कने र धार्मिक आस्थामा आँच आउने छ, देवघाट धाम एवं तिर्थलाई पनि असर पर्ने देखिन्छ ।

(मुक्तिनाथ) हिमालयदेखि बगेको काली नदीको प्राकृतिक बहावमा छेडछाड गर्नाले सुख्खा, बाढी पहिरो

माछा, गोही जलचर जीवहरु नाश हुन्छन् ।

छिमेकी मित्र राष्ट्रले लिएको निति

(India River Linking Prospect)

एक विवादास्पद योजना हो । पर्यावरणीय तथा अन्तर्राष्ट्रिय संधी । सम्झौता तथा प्राकृतिक नियम विपरीत हिमाली क्षेत्रका १४ नदी डेककैन पठारका १८ नदी र भारत अन्तर्गत ३७ वटा अन्तरप्रदेशीय नदी जडान गर्ने योजना बनाएको छ ।

जस अन्तर्गत नेपालका कोशी गण्डकी, कर्णाली महाकाली नदी डाईभर्सन पर्दछन् । यस आयोजनाको मुख्य उद्देश्य दक्षिण एशिया भारत पुगेर बग्ने पूर्वका सबै नदी प्राकृतिक प्रवाहलाई भारतको पश्चिम तर्फ लैजानु हो । पूर्वका प्राकृतिक नदीहरुलाई डाइभर्सनका माध्यमद्धारा भारतका सुख्खा पश्चिमी क्षेत्रमा भूमिगत पानी फुटाउने खुला सिंचाई गरी कुल ३ करोड ५० लाख हेक्टर जमिन सिंचाई गर्ने र ३४ हजार मेगाबाट विजुली निकाल्ने उद्देश्य हो । भारतको यो आयोजना सम्पन्न भएमा वार्षिक १७० अरव क्युविक मिटर भारतका पश्चिमी सुख्खा क्षेत्र सिंचाई हुने छ ।

अतः यो कालीगण्डकी डाइभर्सन राष्ट्रहित र गैरकानूनी छ ।

विश्वका महत्वपूर्ण नदीहरु डाईभर्सन गर्नाले ठूला–ठूला वस्ती स्थानान्तरण मात्रै भएको छैन । राष्ट्रिय अन्तराष्ट्रिय धार्मिक सांस्कृतिक सभ्यता नै नष्ट भएको धेरै उदाहरण छन् । कालीगण्डकी डाईभर्सन गर्नाले तटिय क्षेत्रका जीवजन्तु पर्यायवरणमा ठूलो असर पर्दछ । संविधान वातावरण कानून र राष्ट्र अन्तराष्ट्रको नियम र प्राकृतिक कानून अनुसार हिमनदीलाई डाईभर्सन गर्न पाईर्दैन । नेपालले अन्तर्राष्ट्रिय सन्धि महासन्धिमा हस्ताक्षर गरिसकेको छ । पक्ष राष्ट्रमा नेपाल पनि छ । यि सन्धि महासन्धिको पालन गर्नु नेपालमा पनि बन्धनकारी हुन्छ ।

(लेखक रिट निवेदक, कानून तथा धार्मिक व्यक्तित्व समेत हुन ।)

 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update