Shittalpati
राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तरक्रिया

पाल्पा, राष्ट्रिय सुसेली मञ्च नेपालको अन्तक्र्रिया कार्यक्रम भएको छ । मञ्चको केन्द्रीय कमिटीको घोषणा पछि भर्चुअल प्रविधिमार्फत उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा सुसेली मञ्चका संरक्षक तेजप्रकाश बानियाँले सुसेली विधाको विकास र विस्तारको निमित्त तन,मन र धनले सबै लाग्नुपर्ने बताए । मञ्चका सल्लाहकार चन्द्रा न्यौपानेले संस्थालाई क्रियाशील बनाउन आफु सधै सक्रिय भएर लाग्ने बताएका छन् । सीता विष्ट कार्की सीविकाले संस्था खोल्नु ठूलो कुरा नभई त्यसलाई टिकाइ राख्नु महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन् । तिलकप्रसाद लुइँटेलले पाठ्यक्रममा समेत सुसेली विधा समावेश गर्न जोड दिए । डा.बमबहादुर थापा जितालीले इतिहासदेखिको कुरा खोतल्दै चन्द्रकला शाहदेखि शान्ति नारायण श्रेष्ठको योगदानलाई समेत सुसेलीले आफ्नो दस्तावेजमा राख्न सुझाव दिए । डा. शैलेन्दुप्रकाश नेपालले संस्थालाई थप सशक्त बनाएर लैजानुपर्ने बताए । कार्यक्रममा अध्यक्ष दुर्गा अधिकारी भमरकोटे यस्तो सशक्त टिमको नेतृत्व गर्न पाउँदा आफू अत्यन्त भावुक भएको बताउँदै यो शरीर रहँदासम्म सुसेलीको विकास र विस्तारमा लाग्ने बताए । उपाध्यक्ष सुशीला ढकाल अधिकारीले सुसेली अब उत्कृष्ट लेख्नु पर्ने बेला आइसकेको बताइन् । यसैगरी अर्का उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले सुसेली विधाको विकास र विस्तारमा सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मञ्चका सदस्यहरु टंकधवज थापा, सुचिता काफ्ले, संस्थाका सह–सचिव डिल्ली प्रसाद मूलतिहुन, कोषाध्यक्ष कृष्ण केसी लगायतले हाइकु र सुसेलीका विषयमा जानकारी गराउदै आगामी दिनमा सशक्त रूपमा अगाडि बढ्नुपर्ने बताएका थिए । सोही अवसरमा मञ्चका संरक्षण पूर्व सहायकरथी तेजप्रकाश बानियाँ, सहल्लाहकारहरू डा. शैलेन्दुप्रकाश नेपाल, डा. बमबहादुर थापा जीताली, तिलकप्रसाद लुइँटेल, सीता विष्ट कार्की सीबिका र चन्द्रा न्यौपानेलाई सम्मान समेत गरिएको थियो । मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको अध्यक्षता, दामोदर ढकाल दीपकको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update