नेपालमा बुद्ध धर्मसँग सम्बन्धित थुप्रै मासिक पत्रिका निस्केका छन् । कुनै बन्द पनि भैसकेका छन् । सबैलाई थाहा नहुन सक्छ बुद्ध धर्मको नामबाट धर्मादित्य धर्माचार्यले बौद्ध सम्बन्धित पत्रिका निकालेको १०० वर्ष पुरा भइसकेको छ । यहि पत्रिका नेपाल भाषाको साथै मातृ भाषाको पहिलो पत्रिका हो । यहि पत्रिकाले गर्दा नै धर्मादित्य धर्माचार्य नेपालको मातृभाषाको पत्रकार बन्नुभयो ।
नेवार पत्रकारिताको कुरा गर्ने हो भने नेवार जातिले आज भन्दा ६४ वर्ष अगाडि नै नेपाल भाषा (नेवार भाषा) को दैनिक पत्रिका निकाली सकेका छन् । फत्तेबहादुर सिंहको प्रकाशन र सम्पादनकत्वमा २०१२ भाद्र महिनामा नेपालको तीनवटा दैनिक पत्रिका अनुसार नेपाल भाषाको पहिलो दैनिक “नेपाल भाषा पत्रिका” निस्केको थियो । यो पत्रिका नेपाल भाषाको पहिलो तथा नेपालको तेश्रो दैनिक पत्रिका हो । नेपालमा पहिलो दैनिक पत्रिका भनेको “आवाज” पत्रिका नै हो । त्यसपछि “समाज” दैनिक पत्रिका पछि “नेपाल भाषा पत्रिका” तेश्रो स्थानमा पर्छ । नेपाल भाषा पत्रिका निस्कदासम्म (खस) नेपाली भाषामा दैनिक पत्रिका निस्केका थिएनन् । आजसम्म निरन्तर निस्केको गोर्खा पत्र पनि दैनिक रुपमा निस्केको थिएन । गोरखा पत्र दैनिको रुपमा २०१७ सालमा मात्र हो । चन्द्र शम्शेर प्रधानमन्त्री भएको बेला गोरखा पत्र साप्ताहिकको रुपमा निस्केको थियो । त्यसपछि हप्ताको दुई पल्ट र पछि मात्र दैनिक पत्रिकाको रुपमा पकाशन भएको हो ।
नेपाल भाषा दैनिक पहिलो भएपनि पहिलो नेवाः समाचार पत्र समाचार प्रधान पत्रिकाको कुरा गर्ने हो भने अर्ध मासिक (पासा) साथी पत्रिकालाई बिर्सन सकिन्न । आशाराम शाक्यको सम्पादनमा च्वसापासाको प्रकाशन २००८ सालमा समाचारलाई प्राथमिकता दिई ‘पासा’ साथी अर्ध मासिक निस्केको पत्रिका हो । पछि यँहि पत्रिका दैनिक रुपमा केहि समय निस्के पनि पछि बन्द हुन पुग्यो । साप्ताहिक पत्रिकाको कुरा गर्ने हो भने वि.स. २०४१ सालमा प्रकाशन भएको ‘राजमतिु साप्ताहिक नेपाल भाषाको पहिलो साप्ताहिक पत्रिका हो । त्यसपछि थुप्रै साप्ताहिक पत्रिका
(नेवार भाषा) नेपाल भाषामा प्रकाशन भयो र बन्द पनि र प्रकाशन बन्द हुने काम निरन्त्तर चलिरहयो । एक समय जनताले खुवै मनपराएको, सबैले वाहँ– वाहँ भनेर प्रशंसा गरेको ‘नेपाली भाषा’ को साप्ताहिक पत्रिका ‘इनाप’ साप्ताहिक ‘देशयमरुझ्याः’ साप्ताहिक पनि निरन्त्तर रुपमा प्रकाशन हुन सकेन । ‘इनाप’ साप्ताहिकले पत्रिकाको जगतमा आफैले थुप्रै पत्रकार उत्पादन गरेको थियो । जुन पत्रकार धेरै जसो आज सम्म पनि पत्रकारिता क्षेत्रमा सक्रिय भइरहेको छ । दैनिक पत्रिकाको कुरा गर्ने हो भने २०४४ सालमा ‘विश्वभूमि’ नामको दैनिक पत्रिका प्रकाशन भयो । लोक प्रियताको कुरा गर्ने हो भने यो पत्रिका पनि उत्तिकै चर्चामा रÞयो । नेवार समुदायमा मात्र नभई गैर नेवार समुदायमा बिचमा पनि त्यतिकै मन पराएको थियो । ‘विश्वभूमिु दैनिक ०४६ सालको जनआन्दोलनताका खुवै चर्चित भई नाम कमायो । त्यो बेला विश्वभूमिु भाषा नजान्ने समेतले खोजी खोजी पढ्ने गर्थे । यो विश्व भूमि पत्रिका ०४६ सालको आन्दोलनको वेला दिनको तीन पटक सम्म प्रकाशित भयो । यो पत्रिका पनि इतिहासको पानामा सिमित भयो ।
यस बेलासम्म नेपाल भाषा वा नेवार भाषा पत्रकारिताको लागि मुश्किल समय रÞयो । राणा शासनको बेला समाचार लेखेको भरमा जेलमा राख्ने गरिन्थ्यो । त्यस्तै गरेर पञ्चायत व्यवस्थाले पनि सरकार विरोधि लेख लेख्यो कि जेल चलान गरिन्थ्यो । त्यो बेला थुप्रै पत्रकार जेलमा परेको थियो । ०४६/०४७ सालको आन्दोलन पछि देशमा बहुदलिय व्यवस्था आयो । त्यसपछि मातृभाषा पत्रकारितामा लाग्ने केहि बदलिने आशा गरेका थिए । तर सरकारमा जानेहरुले भाषिक पत्रिकालाई सहयोग गर्ने कुनै विचार नै गरेनन् । आज नेपालको संविभानमा पूर्ण प्रेस स्वतन्त्रता भने पनि मिडिया विधेयक सूचना प्रविधिक विधेयक आदि ल्याएर दण्डसजाय जरिवाना गर्ने काम गरेको छ । यहि परिस्थितीले गर्दा राणा शासन पर्केको आभास जनताले प्रत्यक्ष अनुभव गरेका छन् । देशमा लोकतन्त्र आइसकेपछि पनि सरकारले पत्रिका तथा पत्रकारिता क्षेत्रमा कुनै बदलाव गर्ने तिर ध्यानै दिएको छैन ।
अहिलेको अवस्थामा हेर्ने हो भने अरु मातृभाषामा भन्दा नेपाल भाषा ( नेवार भाषा) मा थुप्रैै पत्रिका निस्केको छ । अहिले देशमा ‘नेपाल भाषा दैनिक’ एउटा ४ वटा साप्ताहिक २ वटा अर्ध मासिक (१५ दिन मा निस्कने) ६ वटा भन्दा धेरै मासिक निस्की रहेको अवस्था छ । यस बिच नयाँ सोचका साथ आज भन्दा ६ वर्ष २०७० साल पहिला ‘लÞनो’ साप्ताहिक निस्किएको थियो । नेपाल प्रेसले भोगती रहेको समस्या बिचमा पनि नेवार समूह बिचमा नयाँ सोच सँगै कर्णिन कष्ट सहेर भए पनि लÞन साप्ताहिक प्रकाशन भइरहेको छ । सरकारको दृप्टि नपुगेर पनि पत्रिकाहरु निस्कने र बन्द हुने क्रम चलिरहे । यदि सरकारले यस्ता मातृभाषाको पत्रिकालाई मान्यताका साथै आर्थिक सहयोग वा विज्ञापन दिए पनि पत्रिकालाई उच्च स्थान दिन सक्थ्यो तर यस्तो भएको छैन । स्थानीय मातृभाषालाई हेय दृष्टिले हेर्ने गरेको कारण स्थानीय पत्रिकाको आयु धलमलिई रहेको छ । नेपाली भाषामा छापिएको पत्रिकालाई मात्र प्राथमिकता दिएर, अरु भाषिक पत्रिकालाई नजर अन्दाज गर्नु कदापी राम्रो हुँदैन ।
(लेखक नवजनचेतना दैनिकका नियिमत स्तम्भकार समेत हुन् ।)