बिमला नेपाल
ता.न.पा.४
आकाशमा झिलीमिली जुनले र ताराले
नसोचेको दःख भोग्यो शनिसारले
चीनबाट आयो रोग कस्तो रैछ कोरोना
अकालमा लाखौ मान्छे पर्यो मरन
न त भन्यो साना, ठूलो न त भन्यो गरिब न धनी
टप्प टिपी लादोरहेछ केही नभनी
न त यसको खानी दवाई, न त यसको लाउने सुई
उपचार नपाएर के बाचिन्छ खै
उपचारका सामान दिए अरु ठूला देशले
त्यसैमा नि कमिसन खाए नेताले
क्वारेन्टाइनमा कति रोधन कति भोकले कराछन्
अकालमा मरिन्छ कि भन्दै डराछन्
क्वारेन्टाइनमा मान्छे मरे पानी खान नपाएर
पाँच अरव खर्च भयो भन्छ सरकार
पाँच अरव भागबण्डामा लिए होलान् कतिले
बेलौतीको पात खान भने ओलीले
क्वारेन्टाइनमा बस्ने महिला बलत्कारको सिकार
केही भएन कडा कानुन लाग्छ धिक्कार
पोहोर भन्दा अहिले कडा कोरोनाको कहर
अकालमा मर्न कलाई लाग्छ रहर
कति ठाँउमा बिरामीले अक्सिजन पाएनन्
बिरामीलाई लिन कुनै गाडी आएनन्
बाध्य भए बिरामीलाई ट्याक्टरमा लानलाई
हेलिकप्टर चिल्ला गाडी घुम्न जानलाई
कति को त ज्यान गयो लादा लादै बाटामा
सैनिकले पुर्याइदियो आर्यघाटमा
न त पाए छोराछारी बाउको लास जलाउन
न त पाए इष्टमित्र साथी बोलाउन
विदेश भा को छोरो पनि क्रिया गर्न आएन
लकडाउनको बेला भयो छुट्टी पाएन
कोहिका मरे छोराछोरी कोहिका मरे दम्पति
के काम लाग्यो इष्टमित्र श्री सम्पति
विदेशबाट खोप आयो जनतालाई बचाउन
कतिले त पाएनन् खोप लगाउन
दिन भरी लाइन बसे खोप लाउन पाएनन्
नेताजीका सिफारिसमा उमेर चाहिएन
कहिलेसम्म चल्ने होला देशमा यस्तो चलन
दिलैदेखि उठ्छ रिस हुन्छ जलन
अक्सिजन र खोप भेटियो नेताजी को घरमा
बसे हुन्छ जनता अब रामको भरमा
भूकम्पमा पाल बोके अहिले खोप अक्सिजन
कति लोभी रैछ कठै नेता तिम्रो मन
विदेश बस्ने नेपालीलाई टाढैबाट सलाम
दुःख पाका नेपालीलाई लायौ मलम
यि नेताले नगरेनी दया गर्छन् रामले
सतर्कता अपनाउन पर्छ हामीले
हात नमिलाउ साथी भेट्दा टाढैबाट ढोग गरौं
दुरी कायम गरी हिड्ने बानी बसालौं
हात धोउ साबुनले हिडौं माक्स लाएर
सुत्ने गरौं ज्वानो पानी तातो खाएर
मनमा पिर लियौं भने पक्कै पर्छ मोरन
आट जोस साहसले भगाँउ कोरोना