पाल्पा, पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा नयाँ –नयाँ विधाहरुको विकास हुँदै गएको छ । समाजमा थुप्रै साहित्यकारहरुको उदय भएसँगै नयाँ–नयाँ विधाहरुको पनि जन्म भएको हो । नयाँ विधाहरुको भिडमा साहित्यको उद्गमथल पाल्पाबाट ‘त्रिशुल’ को जन्म भएको छ । बहुमुखी प्रतिभाशाली कवि पुष्कर अथक रेग्मीको परिकल्पनामा ‘त्रिशुल’ को जन्म भएको हो ।
तानसेन श्रीनगर क्षेत्रबाट कविताको लघुतम उपविधाको रूपमा लघुतम काव्य त्रिशूल को जन्म भएको परिकल्पनाकार रेग्मीले बताए । वि.सं २०७८ भाद्र २२ कुशे औंशीका दिन विद्याको प्रस्तावित गरिएको रेग्मीको भनाई छ । अथकले यस अघि लघुतम काव्य शीतको परिकल्पना गरी व्यापीकरणमा लागेका छन् ।
साहित्यको कविता विधा अन्तर्गत बिभिन्न उपविधाहरू परिकल्पना प्रयोग र प्रस्तावनाहरू हुँदै आएका छन् । बिशेषत हाइकु, सुसेली, बाछिटा, छेस्का लगायतका त्रिपदीय उपविधाहरू प्रयोगमा आइरहेकोमा २+३+२=७ अक्षरको लघुतम संरचनामा त्रिपदीय लघुतम काव्यको रूपमा ‘त्रिशुल’ को परिकल्पना (जन्म) गरी प्रस्तावित गरिएको छ । त्रिशूल अहिलेसम्मकै सबै भन्दा थोरै सात अक्षरमा लेखिएको त्रिपदीय लघुतम संरचना हो । त्रिशूल लेख्दा पहिलो र तेस्रो पंक्तिमा अन्त्यानुप्राश मिलेको हुनुपर्दछ । कुशे औशीको पवित्र दिन पारेर ‘त्रिशुल’ लघुतम काव्यको प्रस्तावना संप्रेषण गरिएको छ । काव्यप्रेमी स्रष्टाहरूले ‘त्रिशुल’ लेखनारम्भ गरी नवीनतम् काव्यको व्यापीकरणमा साहित्यिक योगदान पुर्याउन हार्दिक अनुरोध गरिएको छ । त्रिशूलको अर्थ, परिभाषा, नियम, सूत्र, सिद्धान्तहरू शीघ्र आउने छ । अहिले त्रिशूलका केही उदाहरणहरू यहाँ प्रस्तुत गरिएको छ ।
काव्य
त्रिशूल
भाव्य ।१।
यात्रा
जिन्दगी
जात्रा ।२।
ऐले
मान्दिन
मैले ।३।
बिर्ता
लिनेछु
फिर्ता ।४।
माने
झापड
हाने ।५।
तेरो
सबैनै
मेरो ।६।
जव
रोकिन्छ
तब ।७।
डुल्यो
गुलियो
भुल्यो ।८।
पिएँ
सुस्तरी
दिएँ ।९।
पाएँ
म पनि
आएँ ।१०।
आश
सधैंको
त्रास ।११।
भेटें
ऐस्याट
मेटें ।१२