Shittalpati
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे

कृष्ण पोखरेल
पाल्पा,  पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो । भेलाले एसको जिल्ला अध्यक्षमा खिमानन्द पाण्डे( कमल)लाई चयन गरेको छ । पाण्डेको अध्यक्षमा १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । केन्द्रिय सदस्य एवं संघीय सांसद सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा समाजवादीले जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला कमिटीको उपाध्यक्ष रमा घर्ती, सचिवमा मोहन लाल गैरे, उपसचिवमा कमल सेन चयन भएका छन् । यसैगरी सदस्यहरुमा विनोद श्रेष्ठ, फणेश्वर गौतम, कमल वस्ती, बैकुण्ठ खनाल, राजु सेढाई, श्रीधर पराजुली, पिआर श्रेष्ठ, तारा कडेल, धनविर राना, ईश्वरी श्रेष्ठ, दुर्गा अधिकारी, सिता पोखरेल, पर्शुराम पौडेल, गुणबहादुर सिंजाली, टोपबहादुर जर्घा, केएस क्षेत्री, नारायणी खनाल, अच्युत पन्त, आशिष श्रेष्ठ, प्रकाश श्रेष्ठ चयन भएका छन् ।

यसैगरी ओम जर्घा, करुणा काफ्ले, मञ्जु अर्याल, भानुभक्त बस्याल, वसन्ती चिदी, पूर्णबहादुर कामु, निम नारायण ढुङ्गाना, पदम गैरे, नैना पाण्डे, खुम बहादुर कुमाल, रनबहादुर कुमाल, कृष्ण बस्याल, मोतिलाल बस्याल, किरण विक, ओपी शर्मा मदनराज पाण्डे, कोशलराज अघिकारी, दिपेन्द्र बराल, आलोकराज शाक्य, मिन प्रसाद बञ्जाडे, नारायण बस्याल, गणेश विष्ट, जित बहादुर सिलवाल, धुव्र्र भण्डारी, राम प्रसाद आचार्य, महेश्वर पन्त, बिष्णु न्यौपाने, गोदावरी ज्ञवाली विष्णु माया थापा र रामकृष्ण कार्की पनि सदस्यमा चयन भएका छन् ।
त्यस्तै अन्य जिल्ला कमिटी सदस्यहरुमा सन्तोष नेपाल, विएच पाण्डे, रवी खराल, कृष्णचन्द्र रायमाझी, खगराज अर्याल, अरविन्द्र पाण्डे, कृष्ण पाण्डे, गोपाल श्रेष्ठ, हिमाल नेपाल, चुरामणी पोखरेल, धनबहादुर रायमाझी, पूर्ण भण्डारी, शकर घर्ति, सुजन कार्की, संजय घले, पृथ बारघरे, जंग बहादुर थापा, भिम बहादुर बारघरे, रोजी शेर्पा, तुल्सी पोखरेल र सुनिसरा दर्लामी चयन भएका छन् । जिल्ला कमिटी घोषणा सभामा हाल ७५ सदस्यीय रहेकोमा जिल्ला कमिटी बैठकले थप ५० जना जिल्ला कमिटी सदस्य थप गरी १ सय २५ सदस्यीय कमिटी बनाउने नव निर्वाचित अध्यक्ष खिमानन्द पाण्डेले बताए ।

भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यमा पदम प्रसाद अर्याल, चन्द्रकान्त पोखरेल, बसन्त श्रेष्ठ, विष्णु प्रसाद खनाल, कर्ण बहादुर सुनार र पिताम्वर कडेल रहेका छन् ।
कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य सोम प्रसाद पाण्डेले पार्टी फुटबाट बचाउन अन्तिम प्रयासमा जुटेको भएपनि केपी ओलीको दम्भ घमण्ड र व्यक्तिवादी सोचका कारण असफल भएको बताए । भदौ ८ गते राती १२ बजे सम्म केपी ओलीसँंग बालकोटमा वार्ता गरी तत्काल माधव नेपाल लगायतलाई गरिएको कारवाही फिर्ता भएको भए पार्टीमा विद्रोह गर्ने अवस्था आउने थिएन र भदौ ९ गते एकिकृत समाजवादी गठन हुने थिएन, यसको लागि आफुले अन्तिमसम्म प्रयास गरेको सांसद पाण्डेले बताए । एकिकृत समाजवादीलाई देशको ठूलो पाटी बनाएर जाने सांसद पाण्डेले दावी गरे ।

घोषणा सभामा सल्लाहकार समितिका संयोजक लेखनाथ पोखरेल, प्रदेश सांसद रमा घर्ती, नेकपा एसका रुपन्देही सचिव सिद्धिचरण भट्टराई, दैनिक पत्रका प्रधान सम्पादक बालकृष्ण चापागाई, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्यम्पस प्रमुख कृष्ण कार्की, प्राध्यापक भेषराज सुवेदी, प्याव्सनका पूर्व जिल्ला अध्यक्ष मिन प्रसाद बञ्जाडे लगायतले नेकपा एमालेबाट विद्रोह गरी एकिकृत समाजवादीमा लाग्नु परेको बारे आ–आफ्ना धारणा राखेका थिए । पार्टीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन नव गठित सचिव मोहनलाल गैरेले गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update