काठमाडौं, प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ । गएको वैशाखयता यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो । काठमाडौँका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ । मुख्यगरी कोभिड–१९ संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो ।
‘मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै सङ्क्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो । यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो’, प्रवक्ता कुँवरको भनाइ छ । प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई रु’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो ।