Shittalpati
पाल्पामा १६ जना नयाँ संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ३ जना र एन्टिजेन परीक्षणमा १३ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३१ जनाको परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका २ र बगनासकाली गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय ८६ पुगेको छ । जसमा २ हजार ४ सय ७ महिला र ३ हजार ७ सय ७९ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ । ६२ जनामा परीक्षण गरिएकोमा रैनादेवी छहरा गाउँपालिकाका ४, रामपुर नगरपालिकाका ६ र रिब्दीकोट गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ७ सय ३७ पुगेको छ । जसमा १ हजार ९ सय ३६ जना महिला र १ हजार ८ सय १ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १० जना महिला र ६ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ८, रामपुरका ३, माथागढी, रैनादेवी छहरा, बगनासकालीका १/१, र रिब्दीकोटका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ५ सय ८६ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २० जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय १७ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update