पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४० जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ३ जना र एन्टिजेन परीक्षणमा ३७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३२ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका २ र रिब्दीकोट गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार १ सय ८९ पुगेको छ । जसमा २ हजार ४ सय ७ महिला र ३ हजार ७ सय ८२ जना पुरुष रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । ३ सय ४१ जनामा परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका २, रामपुर नगरपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिकाका १/१, रैनादेवी छहरा गाउँपालिकाका ५, बगनासकाली गाउँपालिकाका ६, रिब्दीकोट गाउँपालिकाका १२, तानसेन नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ७ सय ७४ पुगेको छ । जसमा १ हजार ९ सय ५३ जना महिला र १ हजार ८ सय २१ जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १० जना महिला र ८ जना पुरुष कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १२, रामपुरका ५ र रैनादेवी छहराका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ६ सय ४ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १४ जना होम आइसोलेसनमा रहेका छन् भने २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।