Shittalpati
पाल्पामा ६३ संक्रमित थपिए, २५ जना निको

पाल्पा,जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ६३ जना नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआर परीक्षणमा २ जना र एन्टिजेन परीक्षणमा ६१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा २० जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिकाका र रामपुर नगरपालिकाका १/१, जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ९ पुगेको छ । जसमा २ हजार ४ सय १५ महिला र ३ हजार ७ सय ९४ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा ६१ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ९३ जनाको परीक्षण गरिएकोमा ६१ जनामा संक्रमण देखिएको हो । जसमा माथागढी गाउँपालिकाका २, रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाका ४/४, रम्भा गाउँपालिकाका १, बगनासकाली गाउँपालिकाका ९, तिनाउ गाउँपालिकाका ३,रिब्दीकोट गाउँपालिकाका १६ र तानसेन नगरपालिकाका २२ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ८ सय ८१ पुगेको छ । जहाँ २ हजार ६ जना महिला र १ हजार ८ सय ७५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा २५ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २५ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १५, तिनाउका २ र रिब्दीकोटका ८ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ६ सय ९४ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २४ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ५६ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update