Shittalpati
पाल्पामा सोमबार २० संक्रमित थपिए

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआर परीक्षणमा ५ जना र एन्टिजेन परीक्षणमा १५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । पीसीआर परीक्षणमा ३८ जनाको परीक्षण गरिएकोमा तानसेन नगरपालिका,रामपुर नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय १४ पुगेको छ । जसमा २ हजार ४ सय १६ महिला र ३ हजार ७ सय ९८ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ३० जनाको परीक्षण गरिएकोमा १५ जनामा संक्रमण देखिएको हो । जसमा रैनादेवी छहरा गाउँपालिकाका ४,बगनासकाली गाउँपालिकाका १, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका २/२, निस्दी गाउँपालिकाका १ र तानसेन नगरपालिकाका ५ जना रहेका छन् । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ८ सय ९६ पुगेको छ । जहाँ २ हजार १५ जना महिला र १ हजार ८ सय ८१ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ३, तिनाउका १ र रामपुरका २ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ७ सय पुगेको छ । यहाँ अहिलेसम्म २ सय २५ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय ६६ जना होम आइसोलेसनमा रहेका छन् भने १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update