उ बेला सत्य युगको समयमा इन्द्र राजा हुनुभन्दा पहिला इन्द्रको आमा धर्ममा आस्था राखी बेला बेलामा व्रतबसी पूजा आजा गर्थिन् । इन्द्रलाई आमाको पूजा हेरिरहन खुबै मन पर्थो । आमाको पूजाको लागि इन्द्रले आफ्नो फुलबारी गएर डालोभरी फूल टिपेर ल्याएर दिन्थे । आमाले पनि खुसी भई इन्द्रलाई माया गरेर चुम्मा गर्थिन । आमा खुसी भएको देखेर खुसी हुँदै भने म सधैं आमालाई पूजा गर्ने बेलामा फूल ल्याउने गर्थे । एकदिन उनको आमा ब्रत बसेर साँझ पख ब्रत तोड्ने बेला इन्द्र हतार–हतार आमाकोमा जान थाले । आकाश मार्गबाट जादैँ गर्दा काठमाडौंमा ढकमक्क फूल फुलेको देखेर मन थाम्न नसकेर फूल लिन काठमाडौं शहरमा झरे । फूल टिप्दै गर्दा त्यहाँको मान्छेले देखेर समाति बाधेँर राखे छन् । फूल टिप्न खोज्दा इन्द्रलाई हेर्न थुप्रै मानिस आए । उ बेला काठमाडौं एक से एक तान्त्रिकहरु थिए । शक्तिले भरपुर थिए । काठमाडौंमा चोर बाट रक्षा गर्न चन्द्रमालाई पालो राखेको थियो । फूल चारदा समेत केहि नभनेकाले, सबैले सोधे किन फूल चोर्दासम्म केहि नभनेको भनि प्रश्न गरे । इन्द्र देवता भएकाले मैले केहि नभनेको हुँ भने छन्, यो सुन्दा सबै रिसाएर चन्द्रमाको मुख नहेर्ने भने छन् ।
देवता भएपनि चोरको बापत लाग्यो । चोरलाई भोकै राख्न त भएन भनेर इन्द्रलाई सारो खाले भट्ट, बकुला, फुला नउठेको मकै सजायस्वरुप खुवाउने गरेर राखे । फर्सि र फुल पारिजात चोरेर आरोप खेपेर बस्नु पर्यो । उता तान्त्रिकहरु चन्द्रमासँग रिसाए । देवताले चोर्न नहुने तर चोरी गरे । यसरी इन्द्रलाई खुँदो भनेर खतमा राखी पूर्णिमाको दिन जात्रा गरे । चन्द्रमाले केही नगरेको देखी सबै रिसाएर चतुर्थिको दिनमा चन्द्रमाको मुखै नहेरी पुजा गरिन्छ । यो पुजामा साह्रो खाले अन्नहरु भुटेर प्रसाद राखिन्छ । चन्द्रमालाई नहेरिकन चौथीमा पुजा गरिन्छ भने, इन्द्रलाई चतुदर्शी वा पूर्णिमाको दिनमा जात्रा गरिन्छ । यो पूजा गर्दा चन्द्रमासमेत लाई नारीहरुले व्रतबसी, साँझ पुरा चन्द्रमा उदाएपछि पुजा गरी परिवारसबैलाई टिका प्रसाद दिएपछि मात्र व्रत तोडिन्छ । यो पूर्णिमालाई काठमाडौंवासीले यंला भन्ने गर्दछन् । यो शब्द अप्रभंस भएर अहिले यन्हापूर्र्ण, यनापूर्णि पनि भन्ने गरिन्छ । नेपाल भाषामा यं भनेको काठमाडौं हो । त्यसकारण धेरै जसो काठमाडौं बासिले यो पर्व मनाएता पनि तीनै शहरभित्रका नेवार समुदायले पनि यो पर्व भव्य रुपमा मनाउने गर्दछन् । यंला नेपाल सम्बतको ११ औँ महिना हो । इन्द्र जात्रा मनाउन ३२ हात लामो काठको लिङ्गो ल्याएर इन्द्र मन्दिर अगाडि ल्याई पुर्याएपछि गुरुजिको पल्टनले बन्दुक पडकाएर सलामी दिएपछि पुजा गरी खाल्डो खनि ठड्याउने गरिन्छ । टुप्पोमा भने इन्द्रको ध्वजा झण्डा राख्ने गरिन्छ जसलाई इन्द्रध्वजत्थान भन्ने गरिन्छ । यो काम द्रादशी शुक्ल पक्षको दिनमा गरिन्छ । त्यहिदिनमा आफ्ना दिंवगत आत्माहरुको नाममा मंदिर दोबाटोमा बत्ति बालेर हिड्ने चलन पनि आजसम्म चलेकै छ । यो पर्वलाई नेवारीहरुले चख: भन्ने गरिन्छ । नखः भन्ने अलि ठूलो पर्व हो । यसमा चेलिबेटी बोलाउन जरुरी छ । चखःमा चेलिबेटी नबोलाए पनि हुन्छ । तर पनि चेलिबेटी बोलाउने गरिन्छ ।
गणेश चतुर्थीको दिन चन्द्रमालाई हेर्यो भने चोरको बापत आइलाग्छ भनेर बुढापाकाले भन्ने गर्छन् । यो कथन कत्तिको सहि हो । जसले भोगेको छ उसैलाई थाहा होला इन्द्रले पारिजात फुल चोर्दा टुलु टुलु हेरेर इन्द्र (चोर)को साथ दिएकाले शुक्ल चतुर्थी अथवा गणेश चतुर्थीमा चन्द्रमालाई हेरे दोष लाग्छ भन्छन् । त्यस्तै अर्को कहानी यस्तो छ । सुन्दैमा पनि रोचक लाग्ने खालको । धनको धनि कुवेर, संसारको सबैभन्दा धनि आफ्नो धन सम्पति देखेर उसलाई धेरै घमण्ड भएछ । उसले सबै देवतालाई भोज खुवाउने विचारले निमन्त्रण गर्न कैलाश पर्वत गएर महादेवलाई भने छन् , प्रभु मलाई सम्पूर्ण देवि देवतालाई भोज खुवाउने रहर जागेर आयो । त्यसकारण हजुरलाइ निमन्त्रणा गर्न आएको हुँ । मेरो निमन्त्रण स्वीकारनुहोस् । तपस्यामा लिन महादेवले आखाँ खोलेर हेरे । आफ्नो अगाडि कुवेरले हात जोडी अनुरोध गरेको देखे । महादेवले निकै सोचविचार गरे । यो कुवेर थुप्रै धन पाएर घमण्डी भएर यस्तो काम गर्न लागेछ । यसलाई सहि बाटो ल्याउन पर्यो भन्ने बिचार गरी भने हे कुवेर तिम्रो निमन्त्रण राम्रो लाग्यो तर म जान सक्दिन । अगाडि खेलिरहेको गणेशलाई देखाएर भने छन् । मेरो सट्टा यि गणेशलाईसंगै लिएर जाउँ । कुंवरको मन कसो कसो भयो तर भन्न सकेनन्, केहि बोले महादेव रिसाउनु भयले । गणेशलाई सँगै लिएर गए । घरमा पुगेर गणेशको लागि मिठो मिठो पकवान तयार गर्न लगाए । सबै परिकार तयार भएपछि गणेशलाई खान बोलाए । भोकले आतुर गणेशले खान थाले । खाना सिध्यो अर्को तयार गर्न लगाए, त्यो पनि सिद्धियो आफ्नो दरबारमा रहेको सम्पूर्ण खाना सकियो तर गणेशको पेट भरिएन । खानाको माग गरे तर कुवेरले पु¥याउन सकेनन् । कुवेर जी घरमा फलफुल त होला ल्याउनु भने । कुवेरले सबै फलफुल ल्याएर अगाडि राखे गणेशले छिन भरमा सबै खाएर सिद्धयाए । अरु खान ल्याउन भने दरबारमा भएपो ल्याउने हार मानेर दुबै हात जोडी प्रणाम गर्दै बिचारमा मग्न भए । उनले कुरा बुझे महादेवले मेरो घमण्ड तोड्न यस्तो लिला रचेका रहेछन् । हार मानेर गणेशलाई भने प्रभु क्षेमा गर्नुहोस् मेरो भुल भयो । गल्ति भयो अब देखि यस्तो घमण्ड कहिले गर्ने छैन । गणेशले पनि कुवेरलाई क्षमा दिए । र्फकने बेला साँझ परिसकेको थियो । आफ्नो बाहान मुषकमा बसेर बिस्तारै कैलाश पर्वत तिर जान लागे । मुषक जस्तो सानो तर गणेशको मोटो शरिर त्यसैमा टन्न खाएर आएको गणेशलाई सकि नसकि ढुल मुल्याउदै पाइएलाचाल्दै थिए । बाटोमा एक ठाँउ खाल्डोमा पानी थियो । मुसा त्यहीबाट जान खोज्दा चिप्लियर लोटे । मुषकमा सवार गणेश पनि लोटे । गणेश जुरुक्क उठेर आफ्नो कपडा झार झुर पार्ने क्रममा कोहि खितिखिति हाँसेको सुने । चारै तिर नजर दौडाए तर केहि देखेनन् । त्यहि पनि हासो आइरहयो । त्यति मात्र कहाँ होर गणेशलाई लक्षित गरेर, मोटे, हात्ति, सुरे नजान्ने के–के भने–भने आवाज मात्र सुने र आश्चर्य मानेर यसो नजर उठाउँदा चन्द्रमा गणेशलई हेर्दै खिड्याई रहेकी थिईन । गणेशलाई रिस उठ्यो । चन्द्रमालाई भने हे चन्द्रमा तिमी आकाशमा बसेर, आफ्नो रुपको घमण्ड गरेर मलाई देखेर हाँसि रहेछौ । तिमिलाई आफ्नो रुपको यत्रो घमण्ड !
म तिमिलाई श्राप दिन्छु तिम्रो रुप हेरेर सबै हासुन, तिम्रो रुप परिवर्तन रहोस् । यो श्राप सुनेपछि दुवै हात जोडेर श्रमा माग्दै अनुनय विनय गरिन् तर मान्दै मानेनन् । चन्द्रमा गएर सबै कुरा महादेवमा विन्ती चढाइन् । गणेश जि पनि टुपुलुक्क आइपुगे । हेर्दैमा बडो थकित भोको कपडा महिलो लागेको देखेर महादेव पार्वतीले सोधे के भो पुत्र ? गणेशले आदि अन्त्य सबै सुनाए । गणेशको कुरा सुनेर चन्द्रमालाई क्षमा दिन भने । तर गणेश मानेनन् धेरै पल्ट भनेपछि क्षमा दिन माने तर वचनमा बाधेर मात्र दिन्छु भने र अबदेखि चन्द्रमाले कसैको खिसी नगरोस् र मलाई यस्तो अवस्थामा देखेर हाँसेकाले यिनलाई आजको दिन जसले हेर्छ उसलाई आपत आइलागोस् अनि यसको स्वरुप पनि महिनाको एकपल्ट परिवर्तन भरहोस् । यो कुरा चन्द्रमाले स्विकारिन् । त्यहि भएर होला औंसीदेखि पूर्णिमासम्म विस्तारै चन्द्रमाको रुप परीवर्तन भएर पूर्णिमामा पूर्ण चन्द्र भएपछि त्यसको भोलिपल्ट देखि औंसीसम्म घट्नेक्रम चलिरहन्छ । जसलाई शुक्लपक्ष र कृष्ण पक्ष भन्ने गरिन्छ । गणेशको जन्म भाद्र शुक्ल चर्तुर्थीमा भएको थियो भने यहि बेला चर्तूथि तिथिमा नै यो घटना भएको हो भनिन्छ । यस कारण यो गणेश चर्तूथिमा चन्द्रमालाई हेरे दोष लाग्छ भनेर हाम्रा अग्रजहरुले भन्ने गर्नु हुन्थ्यो । काहानी जता माडे पनि जति थप घट गरे पनि मुल कुरा भने सत्य नै मान्नुपर्छ । नेपालमा मात्र हैन हिन्दूले मात्र होइन अरु समुदाय सम्प्रदायले पनि यो दिन चन्द्रमा हेरी दोष लाग्ने मान्द छन् । व्रत बस्ने, नबस्ने, पूजा गर्ने, नगर्ने आफ्नो इच्छामा भर पर्छ । तर दोष लाग्ने कुरामा दुई मत पक्कै छैन । गणेश पुराणमा लेखिएको छ, चन्द्रमाको घमण्डले गर्दा गणेशबाट श्राप पाए भने इन्द्रले पारिजात फुल चोरदा समेत चुपलागेर बसेकीले अपमानित भएर बस्नु पर्यो । गणेशबाट श्रापमात्र नभई बरदान पनि पाए कि थिइन् । जब चर्तुथिको दिनमा गणेशको पूजा गरिदा चन्द्रमालाई पनि पूजा गर्नु पर्छ रे । यो कतिको सहि हो । पण्डित तथा जानकारहरुलाई नै थाहा होला ।
इन्द्रलाई बाधेर राखेको ठाँउमा उनको आमा आएर छुट्टाएर लगेको भन्ने कुरा कथामा पाइन्छ । सत्य असत्य आफ्नै ठाँउमा छ । तर चोर भएपनि देउता नै भएपछि पूजा गरिन्छ इन्द्रको । यन्हा पूर्णिको दिनमा गणेश चर्तुथिको दिनमा चन्द्रमाले इन्द्रलाई चोरको साथ दिएकाले त्यो दिन चन्द्रमालाई हेरेर चोरको वापत लाग्छ भनेर उनलाई नहेरी किन उल्टो पूजा गरिन्छ, भने पूर्णिमाको दिन पूर्ण चन्द्रको पूजा गरिन्छ । गणेश चर्तुथिको दिनमा चन्द्रमाले इन्द्र फूल चोरदा समेत चुप लागेकीले त्यो दिन चोर्न गयो भने केहि हुँदैन अथवा उ बेला समाते पनि कानुन लाग्दैन थियो । यो चर्तूथिको दिन पूजा गर्ने बेला कुकुर भुकेको वा स्याल कराएपछि चोर आएको सम्झी पूजा गरिन्छ । जसलाई चोर पूजा (खुः द्यो) पुजा भन्ने गरिन्छ । यो पुजा गरेपछि चोरको वापत लाग्दैन भन्ने जनविश्वास छ । कहानी, यहाँ मैले छोटकरी ढुग्याउने प्रयास गर्दै छु । सम्पूर्ण विवरण विस्तारै भन्ने हो भने स्थानको कमि हुने भएकाले दुवै सन्दर्भलाई सकेसम्म कुरा समेटेर छोटो बनाउने प्रयास गरेको हुँ । यो कथा केही पत्र पत्रिका केही बुढापाकाको कथन अनुसार तयार पारिएको हो । यो चर्तुथी नख: वन्दिपुरमा धुुम्घामका साथबोकाकको बलि दिएर दशैंमा जस्तै सबै परिवार जम्मा भएर भोज खाने गरिन्छ । नेवार समुदायले अरु ठाँउकाले मकै, भट्ट, बकुला, फर्सि उसिनेर प्रसादको रुपमा खाइन्छ भने कसै कसैले समयबजी बनाएर चेलिबेटी बोलाएर पनि खुवाउने गरिन्छ । यो चलन टक्सार टोलमा अझैसम्म चल्दै छ । संसारभरमा कहि पनि इन्द्रको जात्रा हुँदैन । भक्तपुरमा मात्र मनाइन्छ ।
(लेखक नवजनचेतना दैनिकका नियिमत स्तम्भकार समेत हुन् ।)