Shittalpati
वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग

पाल्पा,  वृद्धाश्रमलाई स्वास्थ्य सामग्री सहित खाद्यान्न सहयोग गरिएको छ । सहयोग नै ठूलो मानवता हो भन्ने उद्देश्यका साथ न्यू होराइजन माविमा रहेको न्यू होराइजन इन्ट्राक क्लवले निल सागर वृद्धाश्रमका लागि स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।

क्लवका विद्यार्थी आश्रम मै पुगेर आश्रममा रहेका परिवार बिहिन आमा बुवाहरुका लागि सेनिटाइजर,माक्स,सँगै खाद्यान्न बाँडेका हुन । ५ हजार बराबरको स्वास्थ सामग्री तथा खाद्यान्न वितरण गरिएको क्लबका सल्लाहकार सिम्रन बञ्जाडे बताए । विद्यार्थीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेका हुन् ।

निलसागर वृद्धआश्रममा ३० जना वृद्धवृद्धाहरुलाई क्लवले आश्रम मै गएर सामग्री बाँडेको हो । सामग्री पाएसँगै आश्रममा रहेका वृद्धवृद्धाहरु उत्साहित भएका छन् । उनीहरुले आफुहरुप्रति विद्यार्थीहरुले देखाएको सहयोग र सद्भाव अत्यन्त प्रशंसनिय रहेको बताए । कार्यक्रममा केही समय विद्यार्थीहरूले सम्मानित वृद्धवृद्धाहरुसँग रमाइलो समेत गरेका थिए । क्लवका अध्यक्ष रितिका खनालको अध्यक्षता, क्लवका सचिव रिया बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update