पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १८ जना नयाँ संक्रमित थपिएका हुन् ।
४३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा संक्रमण देखिएको छ । जसमा तानसेन नगरपालिकाका ६, माथागढी गाउँपालिकाका ३, रामपुर नगरपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिकाका १÷१ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ६४ पुगेको छ । जसमा २ हजार ४ सय ४३ महिला र ३ हजार ८ सय २१ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ४९ जनामा एन्टिजेन परीक्षण गरिएको ६ जनामा संक्रमण देखिएको हो । जसमा ४ जना महिला र २ जना पुरुष रहेका छन् । तानसेन नगरपालिकाका ३, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, निस्दी गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ५३ पुगेको छ । जहाँ २ हजार ४७ जना महिला र १ हजार ९ सय ६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जसमा १७ जना महिला र २२ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका १०, रिब्दीकोटका १३, बगनासकालीका ६, रैनादेवी छहराका ५,माथागढीका २, रम्भा, तिनाउ, रामपुरका १÷१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ८ सय ४४ पुगेको छ । यहाँ अहिलेसम्म २ सय २८ जना संक्रमितको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म १ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।