पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २० जनामा संक्रमण पुष्टि भएको हो ।
६१ जनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका ६, रामपुर नगरपालिका, रम्भा गाउँपालिका,बगनासकाली गाउँपालिका र तिनाउ गाउँपालिकाका १/१, जनामा संक्रमण देखिएको छ । योसँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या ६ हजार २ सय ८९ पुगेको छ । जसमा २ हजार ४ सय ५८ महिला र ३ हजार ८ सय ११ जना पुरुष रहेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३९ जनामा एन्टिजेन परीक्षण गरिएकोमा १० जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ३, बगनासकाली गाउँपालिकाका ४, रिब्दीकोट गाउँपालिकाका १, निस्दी गाउँपालिकाका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ३ हजार ९ सय ८६ पुगेको छ । जहाँ २ हजार ६५ जना महिला र १ हजार ९ सय २१ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै पछिल्लो २४ घण्टामा २१ जना संक्रमितले कोरोना जितेका छन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २१ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेनका ७, रिब्दीकोट, माथागढी, रामपुरका १/१, रैनादेवी छहराका ३ रम्भाका ४, बगनासकाली र तिनाउका २/२ जना संक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या ९ हजार ९ सय पुगेको छ । जसमा ५ हजार ५ सय ३६ महिला, ४ हजार ३ सय ६४ जना पुरुष रहेका छन् ।
यहाँ अहिलेसम्म २ सय ४४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८१ जना महिला र १ सय ६३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ । जिल्लामा अहिलेसम्म १ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १६ जना होम आइसोलेसनमा रहेका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।